अन्तराष्ट्रिय युवा दिवसमा क्वारेन्टीनका महिलालाई कपडा र प्याड
न्यूज ब्यूरो, सिरहा । सिरहामा आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गोलबजार नगरपालिकाका क्वारेन्टीनमा रहेका महिलाहरुका लागि कपडाको पुनःप्रयोग सेनेटरी प्याड सहयोग गरि मनाइएको छ। बुधबार अन्तर्राष्ट्रिय युवा दिवस " विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी पर्वर्द्धन , स्वस्थ्य र वातावरण संरक्षणमा यु
२०७७ साउन २९ बिहीबार, बिहान १०:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गोलबजार नगरपालिकाका क्वारेन्टीनमा रहेका महिलाहरुका लागि कपडाको पुनःप्रयोग सेनेटरी प्याड सहयोग गरि मनाइएको छ।
बुधबार अन्तर्राष्ट्रिय युवा दिवस " विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी पर्वर्द्धन , स्वस्थ्य र वातावरण संरक्षणमा युवा संलग्नता " भन्ने मुल नाराका साथ सिरहा स्थित गोलबजार नगरपालिकाको SYSS - Sunrise Youth Siraha Sanjal र #EmergencyResponseCenter ( ERC) द्वारा मनाइएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा SYSS - Sunrise Youth Siraha Sanjal र EmergencyResponseCenter ( ERC) को सहयोगमा गोलबजार नगरपालिकाका क्वारेन्टीनमा रहेका महिलाहरुका लागि कपडाको पुनःप्रयोग सेनेटरी प्याड( reusable sanitary pad ) नगरपालिकाका नगर प्रमुख देवनाथ साहलाई हस्तान्तरण गरिएको जानकारी syss की सदस्य अर्चना साहले दिइन् ।
"कोभिड-१९ को यो विकराल माहामारीमा शरिरिक र मानसिक स्वास्थमा अतिनै धियान दिनु पर्ने देखिँदा स्वास्था क्षेत्रमा SYSS र ERC ले अफ्ना पाइला चाल्दैछौ" - उनले भनिन् ।
महिलाहरुमा महिनावारी स्वास्थ नि अति आवश्यक देखिन्छ भन्ने जानकारी दिए । यहि उद्देश्यका साथ क्वारेन्टीनमा बस्ने महिलाहरुका लागि अफ्ना volunteers हरु खटाएर पुन:प्रयोग प्याड बनाउन लगाएको र हस्तान्तरण गरिएको बताइन् । SYSS - सनराइज युथ सिरहा संजालकी संस्थापक कन्चन शाह लगायतका सम्पूर्ण सदस्यहरुले जनता र जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताइन् ।
आगामी दिनहरुमा पनि यस संस्थाद्वारा विभिन्न समाज सेवाको कार्यक्रमलाई निरन्तरता दिने बताउँदै reusable sanitary pad )को लागि आर्थिक सहयोग Emergency Response Center ले गरिदिएको प्रति आभार प्रकट गरिन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द कनिष्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…