समुदाय स्तरमै कोरोना भयावह हुँदै, यीनीहरुलाई छैन मतलब
तर मेयर महतोकै आफ्नै ससुरालीमा लकडाउनको धज्जी उडाउँदै मेला आयोजन गरिएको छ ।

२०७७ साउन २७ मंगलबार, राति ११:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । अहिले समुदाय स्तरसम्म कोरोना भाइरस फैलिए पनि समुदायस्तरमै कोरोनालाई कुनै मतलब देखाएका छन् ।
कोरोनाले भयावह देखिएपछि गौशाला नगरपालिकाले गएको साउन २५ गतेदेखि एकसाताको लागि लकडाउन गरेको छ । तर, कृष्णाअष्टमीको अवसरमा स्थानीय स्तरमै मोटो भीडभाडका साथ पूजाअर्चना र मेला लगाएको देखिएको छ ।
समाजिक स्तरमा फैलिएको कोरोनाको जोखिमलाई न्युनिकरणको लागि नगरक्षेत्र भित्रमा अतिआवश्यक औषधि पसल र स्वास्थ्य संस्था बाहेक सबै सेवा साउन ३१ गतेसम्मको लागि बन्द गरेपनि पूजाआजको नाममा अत्यधिक भीड गरेको देखिएको छ ।
नगरपालिकाका मेयर शिवनाथ महतोले सूचना जारी गर्दै हाटबजार नगलागउन, अनिवार्य मास्क प्रयोग गर्न, समाजिक दुरी पालन गर्न, भीडभाड नगर्न, सावुन पानीले हात धुन लगयात अति आवश्यक बाहेक घरबाट नस्किन आग्रह समेत गरेका छन् । तर मेयर महतोकै आफ्नै ससुरालीमा लकडाउनको धज्जी उडाउँदै मेला आयोजन गरिएको छ ।
.jpg)
तस्विरमा देखिए अनुसार एउटै जनाले मास्क नलगाएको देखिएको छ । भीडभाड नगर्न, समाजिक दुरी कम्तीमा पनि २ मिटरको दुरी कायम राख्न, मास्क अनिवार्य लगाउन भनिएपनि मोटो भीडमा पनि कसैले मास्क लगाएको देखिएनन् ।
मेयर महतोको ससुराली गौशाला नगरपालिका ८ भण्टावारीका मटर महतोको घरमा आयोजन भएको कृष्णष्टमी मेलामा मंगलबार साँझ संयौको संख्यामा भीडभाड लागको थियो ।
मेलाबाट कोरोना सर्ने जोखिम बढेको स्थानीयले बताएका छन् । मेयर महतोले आफैले सूचना जारी गर्दै लकडाउन गर्ने र अर्का तिर आफ्नै ससुरालीमा मेला आयोजन गरी तामझाम तथा भीडभाड गराएपछि स्थानीय आश्चर्यचकित भएका छन् ।
प्रशासनले कुनै पनि बहानामा भीडभाड नगर्न तथा पूजाआजा पनि घरमै बसेर मनाउन भनिएपनि सयौंको सँख्यामा भीडभाड लगाएर कृष्णाष्टमीको पूजा मनाइरहेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…