धनुषाको हँसपुर नपामा १८ दिने लकडाउन, पसल ६ घण्टा मात्रै खुल्ने
हँसपुर नगरपालिकाका सम्पूर्ण जनप्रतिनीधि र कर्मचारीहरुलाई आज स्वाब सँकलन गरिएको छ ।

२०७७ साउन २७ मंगलबार, बेलुकी ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाले आगामी १८ दिनसम्म नगरपालिकालाई लकडाउन गर्ने निर्णय गरेको छ ।
नगरपालिकाका मेयर राम ज्ञान मण्डलले एक सूचना जारी गर्दै आगमी भदौ १३ गतेसम्म लकडाउन गरिने निर्णय गरिएको बताए । उनले साउन २८ गतेदेखि नै भदौ १३ गते अर्थात १८ दिनसम्म नगरभित्रको कुनै सरकारी कार्यालयहरु नखुल्ने जनाएका छन् ।
उनका अनुसार, अत्यावश्यक स्वास्थ्य सेवा प्रवाह बाहेक अन्य सबै सेवाहरु बन्द रहने जनाइएको छ । कोरोना भाइरसको सँक्रमण समुदाय स्तरसम्म पुगेको भन्दै मेयर मण्डलले सँक्रमण रोक्न र न्यून गर्नको लागि १८ दिने लकडाउन गरिएको बताए ।

नगरपालिकाको वडा नं. १ देखि वडा नं. ९ सम्मको सबै वडामा खाद्यान्नको पसलहरु विहान ६ बजेदेखि १० बजेसम्म तथा साँझ ४ बजेदेखि ६ बजेसम्म गरी दैनिक ६ घण्टा मात्र खोल्न आग्रह गरेका छन् । पसलमा जाँदा समाजिक दुरी, सुरक्षाका उपायहरु समेत अपनाएर मात्र पसलमा जान आग्रह नगरवासीसँग गरेका छन् ।
हँसपुर नगरपालिकाका सम्पूर्ण जनप्रतिनीधि र कर्मचारीहरुलाई आज स्वाब सँकलन गरिएको छ । केही दिनमै उनीहरुको रिपोर्ट आउने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…