निष्ठाका मार्गमा हिँड्न कृष्णले प्रेरणा दिऊन्ः मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले कृष्ण जन्माष्टमीको अवसरमा प्रदेशवासीलाई शुभकामना दिएका छन् । मुख्यमन्त्री कार्यालयबाट जारी गरिएको शुभकामना सन्देशमा उनले हिन्दु धर्मावलम्बीहरुको पर्व कृष्णाष्टमीको अवसरमा भगवान कृष्णले सत्य र निष्ठाको मार्गमा हिडन प्रेरणा प्रद

२०७७ साउन २७ मंगलबार, दिउँसो १२:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले कृष्ण जन्माष्टमीको अवसरमा प्रदेशवासीलाई शुभकामना दिएका छन् ।
मुख्यमन्त्री कार्यालयबाट जारी गरिएको शुभकामना सन्देशमा उनले हिन्दु धर्मावलम्बीहरुको पर्व कृष्णाष्टमीको अवसरमा भगवान कृष्णले सत्य र निष्ठाको मार्गमा हिडन प्रेरणा प्रदान गरुन भन्ने कामना गरेका छन् ।
प्रदेश नं. २ मा आज सार्वजनिक विदाको समेत घोषणा गरिएको छ । जनकपुरमा निषेधाज्ञा जारी रहेको छ भने प्रदेश २ को अन्य विभिन्न ठाउँमा समेत सरकारी तथा गैर सरकारी कार्यालयहरुको लागि अष्टमीको अवसरमा एक दिने सार्वजनिक विदा घोषणा गरिएको हो ।
मुख्यमन्त्रीबाट देशविदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुखशान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्दै सत्य र निष्ठाको मार्गमा हिँड्न श्रीकृष्णले सबैलाई प्रेरणा दिऊन् भन्ने कामना गरिएको उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…