आज रातिदेखि वर्षाको मात्रा बढ्ने सम्भावना
न्यून चापीय रेखा जति नजिक भयो उति वर्षा बढ्छ ।

२०७७ साउन २७ मंगलबार, बिहान ९:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज (मंगलबार) रातिदेखि वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज राति मनसुनको न्यून चापीय नेपालतर्फ नजिकिने सम्भावना देखिएकाले मनसुन सक्रिय हुने अनुमान गरिएको हो ।
उनका अनुसार न्यून चापीय रेखा जति नजिक भयो उति वर्षा बढ्छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
मौसमविद् बासीले अहिले (मंगलबार बिहान ७ बजे) पनि सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका केही स्थानमा हल्काफुल्का पानी परिरहेको हुन सक्ने बताइन् ।
उनका अनुसार गएराति देशका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ । एकदुई ठाउँमा भारी वर्षा पनि भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…