आज श्रीकृष्ण जन्माष्टमी पर्व, कोरोनाका कारण प्रभावित
तर यस वर्ष कोरोना संक्रमणका कारण कृष्ण मन्दिरहरुमा सर्वसाधारणको संख्या नगन्य छ ।

२०७७ साउन २७ मंगलबार, बिहान ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज श्रीकृष्ण जन्माष्टमी पर्व । हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन हिन्दू धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँछन् ।
कृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ । द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
दुर्जनको विनाश र सज्जनको रक्षा लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ ।
आज देशैभरीका कृष्ण मन्दिहरुमा कृष्णको पूजा आराधना गर्ने गरिन्छ छ । तर यस वर्ष कोरोना संक्रमणका कारण कृष्ण मन्दिरहरुमा सर्वसाधारणको संख्या नगन्य छ ।
विशेषगरी ललितपुरको मंगलबजारमा रहेको कृष्ण मन्दिरमा आज कृष्णको रथयात्रा र शोभायात्रा गर्ने प्रचलन छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…