कोरोना बढेपछि उपमहानगरपालिका सिल
स्वाब सङ्कलन र परीक्षणको दायरा बढाउन नगर क्षेत्रको अति जोखिमयुक्त क्षेत्र सिल गरिएको

२०७७ साउन २४ शनिबार, राति ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपालगँज । कोरोनाको सँक्रमण समुदाय स्तरमा फैलिएपछि स्थानीय प्रशासनले नेपालगँज सिल गर्ने निर्णय गरेको छ । बाँके जिल्ला प्रशासन कार्यालयले आज (शनिबार) राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गर्ने भएको छ ।
समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी स्वाब सङ्कलन र परीक्षणको दायरा बढाउन नगर क्षेत्रको अति जोखिमयुक्त क्षेत्र सिल गरिएको हो ।
आज (शनिबार) बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नेपालगञ्जको गणेशमान चोक, चारबाहिनी क्षेत्र, बाँके गाउँ, रिङ्गरोग, नहरपुरवा हुँदै बसपार्क र पुष्पलाल चोकसम्मको क्षेत्र सिल गरी उक्त क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको छ ।
सिल गरिएको क्षेत्रमा एम्बुलेन्स, दमकल र शववाहन बाहेक सबै प्रकारका सवारीका साधन र व्यक्तिको हिड्डुलमा समेत रोक लगाइएको छ । यसैगरी, केन्द्रको बैठकले यही साउन १८ गतेदेखि बाँके जिल्लाभरि जारी निषेधाज्ञालाई साउन २७ गते राति १२ बजेसम्मका लागि बढाएको छ ।
सिल गरिएको क्षेत्रबाहेक निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भने अत्यावश्यक वस्तु पसल, व्यवसाय सञ्चालन गर्न पाइने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…