कोरोनाबाट मृत्यु भएका सिरहाका युवकको सेनाले गर्यो अन्त्येष्टि
सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुने अशोक पहिलो व्यक्ति हुन् ।

२०७७ साउन २३ शुक्रबार, राति १०:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । कोरोना संक्रमणबाट मृत्यु भएका सिरहाका युवकको अन्तिम संस्कार गरिएको छ ।
कोरोनाबाट ज्यान गुमाएका गोलबजार नगरपालिका १२ का २३ वर्षीय अशोक महतोको शव नेपाली सेनाले व्यवस्थापन गरेको हो ।
मृतक युवकको दुवै किड्नीमा समस्या थियो । उनी नियमित डाइलासिस गराउँदै आएका थिए । डाइलासिस गराउने क्रममा जनकपुरमा उनको स्वाब संकलन गरिएको थियो ।
तर, बुधबार पीसीआर रिर्पोट पोजेटिभ देखिएपछि उनलाई धरानमा उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको हो ।
धरानबाट सिरहा ल्याएर सेनाद्धारा शव व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।
सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुने अशोक पहिलो व्यक्ति हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…