सुनचाँदी पसलबाट लाखौंको गहना चोरी
घटनाको अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

२०७७ साउन २३ शुक्रबार, दिउँसो ३:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती एक सुनचाँदी पसलबाट लाखौंको गर गहना चोरी भएको छ । धनुषाको सबैला भठिहन बजारबाट चोरी भएको हो ।
धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठिहन बजार स्थित रहेको श्री ज्वेलर्सबाट झण्डै ५ लाख रुपैयाँ बराबरको गर गर गहना चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बिहीबार मध्यरातमा करिब १ बजेको समयमा चोरी भएको प्रहरीले जनाएको छ । राती करिब १२ बजे तर्फ प्रहरीको टोलि गस्तीमा पनि घुमेको थियो । तर, १ बजे रातीमा चोरी भएको जनाइएको छ ।
पसल सँचालक श्री नरायण साहको अनुसार पसलमा चोरि करिब १ बजेदेखि ३ बजेको बीचमा भएको अनुमान सुनाए । सो सुन पसलमा लगाइएको सटरको ताला फुटाउन नसकेपछि चोरहरुले पछाडिपट्टीबाट कठघराको चढेर छतमाथि पसेर चोरी गरेको बताइएका छ ।

भित्रिको पर्खाल फोडेर गरगहना चोरी भएको पसल सञ्चालक श्री नरायण साहले जनाए । एका बिहानै पसलको अवस्था हेर्दा सटर खोल्दा वाल फोडेको देखेपछि प्रहरीलाई खबर गरेको पसल धनी साहले जनाए ।
घटनाको अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…