तत्कालै देशभर लकडाउन हुँदैन : मन्त्री खतिवडा
स्थानीय प्रशासनले केही जिल्लामा पूर्ण लकडाउनसमेत गरेको उनले बताए ।

२०७७ साउन २२ बिहीबार, राति ९:४४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमान्डौं । नेपाल सरकारका प्रवक्ता तथा अर्थ, सँचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले देशमा तत्कालै लकडाउन गर्ने स्थिति नरहेको बताएका छन् ।
सँचारकर्मीहरुको एक प्रश्नको जवाफमा प्रवक्ता खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताए । उनले सरकारले त्यसबारेमा केही नसोचेको तर अवस्था हेरेर आवश्यक निर्णय हुने बताए ।
कोरोना भाइरसको जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले आवश्यक निर्णय गर्नसक्ने उनको भनाइ छ । स्थानीय प्रशासनले केही जिल्लामा पूर्ण लकडाउनसमेत गरेको उनले बताए ।
मन्त्री डा खतिवडाले सङ्क्रमणको जोखिम कम भएको स्थानमा अवस्था हेरेर खुकुलो बनाइएको र सङ्क्रमण बढी भएको स्थानमा थप कडाइ गरिने बताउँदै अर्थतन्त्रमा परेको प्रभावको पनि विश्लेषण भइरहेको र आवश्यकताका आधारमा सरकारले निर्णय गर्ने उल्लेख गरे ।
सरकारले आगामी भदौ १ गतेदेखि शैक्षिक संस्था, आन्तरिक तथा बाह्य हवाई उडान तथा लामो दूरीको सवारीसाधन सञ्चालन गर्ने यसअघि नै घोषणा गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…