वीरगञ्जमा अस्पतालले उपचार भर्ना नगरेपछि बिरामीले दम तोडे
शरीरमा कमजोरी महशुस भएपछि उनलाई नेशनलमै उपचारका लागि लगिएको थियो ।

२०७७ साउन २२ बिहीबार, दिउँसो ४:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले निजी अस्पताललाई जनस्वास्थ्यमा खेलवाड नगर्न सूचना जारी गरेकै दिन वीरगञ्जमा एक निजी अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लागेको छ ।
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार गर्न नमान्दा वीरगञ्ज–११ श्रीपुर बस्ने ६४ वर्षीय चलितर महतोको मृत्यु भएको परिवारजनले बताएका छन् ।
बिहीबार बिहान उपचारका लागि नेशनल मेडिकल कलेज लगिएको तर भर्ना नलिएका कारण महतोको मृत्यु भएको दाबी परिवारजनको भनाइ छ ।
साउन २१ गते बुधबार राति दिसामा रगत देखिएको र श्वास लिन समेत गाह्रो भएपछि उनलाई बिहान उपचारका लागि नेशनल मेडिकल कलेज लगिएको थियो । कोरोना संक्रमण नभएको पुष्टि हुने कागज देखाउँदा समेत कोभिड–१९ संक्रमितको आशंकामा नेशनलले बिरामीको भर्ना लिन नमानेको मृतकका भाइ शम्भु महतोले जानकारी दिए ।
अस्पतालको गेटमा खटिएका कर्मचारीले ‘एमडीले भनेपछि मात्रै भर्ना गर्छौ’ भनेर जवाफ दिएको उनी बताउँछन् । दुई दिनअघि हल्का ज्वरो र खोकी लाग्नुका साथै शरीरमा कमजोरी महशुस भएपछि उनलाई नेशनलमै उपचारका लागि लगिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…