सिरहा : कोरोना लागेपछि पेट्रोल पम्प सील !
गोलबजारमा संचालित क्वारेन्टाइन सेन्टरमा स्वाब परीक्षण गराउन नगरपालिकाले अनुरोध गरेको छ ।
२०७७ साउन २१ बुधबार, बेलुकी ५:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको एक पेट्रोल पम्पको कर्मचारीमा कोरोना सँक्रमण भेटाएपछि पेट्रोल पम्प सील गरिएको छ ।
सिरहा स्थित गोलबजार नगरपालिकाको गणपति बाबा ट्रेडरस (पेट्रोल पम्प) को परिसर भित्र एक ३३ बर्षिय युवकमा कोरोना संक्रमण देखिएपछि सो पेट्रोल पम्प सिल गरिएको हो ।
गोलबजार नगरपालिका वडा नं. ८ स्थित सँचालनमा रहेको सो पेट्रोल पम्पको परिसर भित्र लाइन होटल संचालन गरि बस्ने सिरहाकै नरहा गाउँपालिका वडा नं. ३ बस्ने सो युवकमा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भएसँगै सिरहा प्रशासनले स्वास्थ्य कार्यालयको सहयोगमा सँक्रमितसँगको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्य सुरु गरेको छ । बिगत १४ दिन भित्रमा उक्त लाइन होटलमा प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको ट्रेसिँग सुरु गरिएको हो ।
सो होटलमा गएका वा सँक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुले गोलबजार नगरपालिकाको वडा नं. ०४ स्थित रारातवा क्याम्पस , गोलबजारमा संचालित क्वारेन्टाइन सेन्टरमा स्वाब परीक्षण गराउन नगरपालिकाले अनुरोध गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द कनिष्क
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…