जनकपुरः ट्राफिक प्रहरीलाई घुस दिने पटेल पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । आज (शनिबार) करिब १ः५० बजेको समयमा धनुषाको लक्ष्मीनियाँ बजार स्थित खटेको ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने सर्लाहीका विश्वास पटेललाई पक्राउ गरिएको हो । सर्लाहीबाट जनकपुर तर्फ आउँदै

२०७७ साउन १७ शनिबार, बेलुकी ५:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।
आज (शनिबार) करिब १ः५० बजेको समयमा धनुषाको लक्ष्मीनियाँ बजार स्थित खटेको ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने सर्लाहीका विश्वास पटेललाई पक्राउ गरिएको हो ।
सर्लाहीबाट जनकपुर तर्फ आउँदै गरेको बिआर ०६ पिई ०६५८ नम्बरको स्कोरपियो गाडीलाई सँयुक्त चेकजाँचको क्रममा गाडीको भन्सार नभएको खण्डमा रोकिएको थियो । सो क्रममा सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ९ बयलवास बस्ने अन्दाजी बर्ष ३० का पटेलले २ हजार रुपैयाँ घुस दिन खोजेका थिए ।
ट्राफिक प्रहरीलाई गाडी छाडिदिनको लागि पटेलले साईडमा लगेर २००० हजार रुपैयाँ अफर गरेपछि प्रहरीले रुपैयाँ सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…