ग्यास सिलिण्डर वितरणमा झडप, दर्जनौं अस्पतालमा !
यस बिषयमा वडा अध्यक्ष रहमत राकीसँग सम्पर्क गर्दा आफुहरु बिबाद मिलाउने प्रयासरत रहेको बताए ।

२०७७ साउन १४ बुधबार, बेलुकी ५:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । ग्यास सिलिण्डर वितरण हुँदै गर्दा भएको झडपमा परी एक दर्जन बढी जना घाईते भएका छन् ।
रौतहटको यमुनामाइ गाउँपालिका वडा नं. ५ मा ग्यास सिलिन्डर वितरण गर्ने क्रममा झडप हुँदा एक दर्जनभन्दा बढी ब्यक्ति घाइते भएका छन।
बुधबार (आज) गाउँपालिकाको आर्थिक सहयोगबाट बितरन गर्न थालिएको ग्यास सिलिन्डर वितरण पक्षपात भएको आरोप लगाउदै एक पक्षले कार्यक्रममा हस्तक्षेप गरे लग्तै झडप भएको स्थानीयले हिरामन साहले बताएका छन।
घर धुरी संख्या धेरै र ग्यास सिलिन्डर कम भएपछि झडपको स्थिति भएको बताइएको छ। झडपमा परेर बालबालिका सहित दुबै पक्षका दर्जन बढी घाइते भएका र घाइतेहरुको उपचार जिल्ला अस्पताल गौरमा र विभिन्न स्वास्थ्य केन्द्रमा भइरहेको प्रहरीले जनाएको छ।

झडपमा परेर अधिकांशको टाउकोमा चोट लागेको छ । गाउँपालिका सङ उपलब्ध भएको ग्यास सिलिन्डर तत्काल बाड्ने र छुटेकालाई पछि डाटा संकलन गरि बितरण गर्ने योजना रहेको तर केही असमाजिक तत्वले झुठो भ्रम फैलाइ बिबाद गराउने कार्य गरेको गाउँपालिका प्रबक्ता नन्दलाल यादबले बताए ।
प्रहरी र स्थानीय भद्रभलादमीको सहयोगमा झडप शान्त पारिएको र बिहीवार दुबै पक्ष बिच सहमती गराइ ग्यास सिलिन्डर बाड्ने यादबको भनाइ छ।
झडपको खबर पाउनासाथ ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी ,नेपाल सेनाको सादा पोसाकका जवान घटास्थलमा पुगेको थियो ।
हाल सो स्थानको स्थिति सामान्य रहेको र थप झडप हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिएका छन ।
यस बिषयमा वडा अध्यक्ष रहमत राकीसँग सम्पर्क गर्दा आफुहरु बिबाद मिलाउने प्रयासरत रहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…