महोत्तरीमा झोलुङ्गे पुल निर्माण, दुई जिल्लावासी खुसी
नगरपालिकाका गरी २० गाउँका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएको बताइएको छ ।

२०७७ साउन १४ बुधबार, दिउँसो १२:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी र सर्लाहीको सीमा भएर बग्ने बाँके खोलामा झोलुङ्गे पुल निर्माण भएपछि दुई जिल्लावासी लाभान्वित भएका छन् ।
सधैँ बाढी र वर्षाका कारण खोलामा पानी आउँदा आवागमन अवरुद्ध हुने भएपछि समस्या झेल्दै आएका महोत्तरी र सर्लाहीका बासिन्दाले बाँके खोलामा झोलुङ्गे पुल निर्माण भएपछि अब निर्बाध रुपमा आवतजावत गर्न पाएका छन् ।
दुई जिल्लाको सीमामै बग्ने बाँके खोलामा झोलुङ्गे पुल निर्माण भएपछि महोत्तरीको सोनमा गाउँपालिका र सम्सी गाउँपालिका तथा गौशाला नगरपालिका र सर्लाहीको हरिपूर्वा नगरपालिकाका गरी २० गाउँका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएको बताइएको छ ।
वर्षौदेखिको दुई जिल्लावासीको समस्याप्रति गम्भीर हुँदै सर्लाहीको हरिपूर्वा नगरपालिकाले बाँके खोलामा रु एक करोड ७३ लाखको लागतमा १७४ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको छ भने सो पुल गोरखा बाजिरो जेभी काठमाडौँले निर्माण गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…