जनकपुरः सहमतिमै यौनसम्पर्क, गाउँले देखेपछि 'बलात्कार' !

हो–हल्ला गर्नुपर्ने, चिच्याउनुपर्ने, गुहार माग्नुपर्ने थियो, तर त्यस्तो केही गरिएको देखिएको छैन ।”– उनले भने । 

२०७७ श्रावण १३ मंगलबार
दिउसो १:५९ बजे
न्यूज ब्यूरो, डेस्क
प्रतिकात्मक तस्विर

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा किशोरी बलात्कारको आरोपमा एक जना युवक पक्राउ परेका छन् । किशोरीलाई उनकै घरबाट उठाएर लगी बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।


धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ की १८ बर्षिय युवतीले आफू पिसाब फेर्न बाहिर निस्कदा युवक (अपराध पुष्टि नभएकोले नाम गोप्य राखिएको) ले आफूलाई उठाएर लगी बलात्कार गरेको आरोप लगाइएको छ । 


राती पिसाब फेर्न निस्केकी युवति धेरै बेरसम्म घर नआएपछि उनको खोज तलास गरिएको थियो । यद्यपी, युवतिले एक जना युवकको मात्रै नाम भनेपनि युवकले उनलाई उठाउँदा उनले प्रतिकार, हल्ला वा चिच्याइनन् ।


यता, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी ईन्स्पेक्टर पप्पु नायकले युवक र किशोरी सहमतिमै गएको र यौनसम्पर्क पनि सहमतिमै गरेको बताएका छन् । यद्यपी उनले २० बर्ष मुनी भएकोले सहमतिमै गरेपनि बलात्कार नै मानिने बताएका छन् । 

 

“एक्लै युवकले १८ बर्षकी किशोरीलाई उनको घरबाट उठाउँदा किशोरीले हल्ला किन गरेनन त्यतिबेला ? जबरजस्ती गरेको भएको किशोरी हो–हल्ला गर्नुपर्ने, चिच्याउनुपर्ने, गुहार माग्नुपर्ने थियो, तर त्यस्तो केही गरिएको देखिएको छैन ।”– उनले भने । 

 

घरबाट पिसाब फेर्न किशोरी बाहिर निस्केकी र धेरै बेरपछि पनि घर नआएपछि उनको खोजतलास सुरु गरिएको थियो । केही घण्टापछि युवकसँगै घर आएकी युवतिको परिवार, आफन्तजन र स्थानीयहरुले युवकलाई नियन्त्रणमा लिइ निर्घात कुटपिट गरेको हो । 


कुटपिटपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई बोलाएर प्रहरीको जिम्मा लगाएपछि किशोरी र युवकको स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको जनाइएको छ । 

 

कुटपिटले युवक घाईते भएका छन् । उनको उपचार पनि प्रादेशिक अस्पतालमै भइरहेको जनाइएको छ । प्रहरीका अनुसार, सहमतिमै यौनसम्पर्क राखेपछि गाउँलेहरुले देखेपछि जबरदस्ती भनिएको हो । यद्यपी उमेर हदका कारण बलात्कार नै मानिने जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 38%
  • 0%
  • 0%

सिरहाः परीक्षामा खोसिएका मोबाइलको डेटा जफत नगर्न सर्वोच्चको अन्तरिम आदेश

  • २०७७ श्रावण १३ मंगलबार

न्यूज ब्यूरो, जनकपुर । एसईई परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनामा सर्वोच्च अदालतले सम्बन्धित सरकारी निकायसँग जवाफ माग गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले उक्त निर्णयमा संलग्न

पूरा पढ्नुहोस्

Bureau Menus