जनकपुरः 'कोरोनाले मृत्यू भएका युवक ३ दिन पहिले भारत गएका थिए'
सरकारले सीमामा कडा निगरानी गर्न निर्देशन दिएपछि सुरक्षा निकाय चुक भएको छ ।

२०७७ साउन १३ मंगलबार, बिहान १०:४६ बजे१ मिनेट पढाइ
सरकारले सीमामा कडा निगरानी गर्न निर्देशन दिएपछि सुरक्षा निकाय चुक भएको छ ।

२०७७ साउन १३ मंगलबार, बिहान १०:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत आईतबार विहान कोरोनाले मृत्यू भएका धनुषाका ती युवक मृत्यूको ३ दिन अघि भारत (ईण्डिया) गएर आएको खुलेको छ ।
व्यापारको क्रममा नेपालको सीमासँगै रहेको भारत विहारको जयनगर बजार गएको उनको परिवारजनले खुलाएको छ । मृत्यू हुनुभन्दा ३ दिन पहिले जयनगर व्यावसायको शिलशिलामा गएको थियो ।
जयनगर बजारमा उनले दुई वटा पसलमा समान किन्नको लागि गएको र ती दुवै पसलेमा कोरोना पोजिटिभ रहेको खुलाइएको छ । धनुषाको कमला नगरपालिका वडा नं. ८ टेढामोड निवासी ती पुरुषले शहिनगर नगरपालिका वडा नं. ८ डुमरियाचोकमा हार्डवेयर पसल सँचालन गर्दै आएका थिए ।
बिलोकियाको काम गर्दै आएको बेला उनी जयनगर बजार गएकै बेला कोरोना सँक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । अहिले डुमरिया र टेढामोडमा कन्याक्ट ट्रयासिँगको कार्य सुरु भएको छ ।
मुटु (हर्ट) को विरामी समेत रहेका उनले जनकपुरको प्रादेशिक अस्पतालमा उपचार नपाएर मृत्यू भएको हो । विगत ३ वर्षदेखि मुटुको विरामी रहेका उनले आफै मोटरसाईकल चलाएर प्रादेशिक अस्पताल पुगेका थिए । समयमा भेन्टिलेटर नपाएर उनको मृत्यू भएको हो ।
समयमा भेन्टिलेटर पाएको भए उसको ज्यान जोगिने थियो भनेर बताइन्छ । उपचारको लागि प्रादेशिक अस्पतालमा जाँदा उनको स्वाब सँकलन पनि गरिएको थियो । मृत्यूपछि आएको रिपोर्टमा उनलाई कोरोनाको हाई लोड भाइरल भएको खुलेको हो ।
नेपाल भारत सीमामा प्रहरीको कमजोर गस्तीका कारण अहिले पनि आवत जावत बन्द भएको छैनन् । सरकारले सीमामा कडा निगरानी गर्न निर्देशन दिएपछि सुरक्षा निकाय चुक भएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…