धनुषाको डुमरिया अझै गरिएन सिल, पसलहरु खुल्लै !
उनमा कोरोना पुष्टि भएपछि सो क्षेत्रलाई लक गर्न माग उठेको छ ।

२०७७ साउन १२ सोमबार, बेलुकी ५:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आईतबार कोरोनाले एक पुरुषको मृत्यू भएपछि सील गरिएको भनिएको धनुषाको डुमरिया बजार अझै सील नगरिएको जनाइएको छ ।
ईलाका प्रहरी कार्यालय यदुकुहाले जिल्ला प्रशासन कार्यालय धनुषा वा जिल्ला प्रहरीको कुनै त्यस्तो निर्णय ईलाकामा नआएको प्रतिक्रिया दिएका छन् । आईतबार विहान कोरोना सँक्रमणले मृत्यू भएका धनुषाको कमला नगरपालिका वडा नं. ८ टेढामोड बस्ने ३८ बर्षिय पुरुषको पसल भने शहिदनगर नगरपालिका वडा नं. ८ डुमरिया चौकमा सँचालनमा रहेको थियो ।
अहिले उनको परिवारहरु सबै जना पसलको ठाउँ छाडेर आफ्नो घर कमला नगरपालिका वडा नं. ८ टेढामोड गएर होम क्वारेन्टाइन बसेको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी ईन्सपेक्टर दीपक बाबु केसीले जानकारी दिए ।
विभिन्न सँचारमाध्यमहरुमा पुरुषको मृत्यू पश्चात डुमरिया बजार (चौक) सील गरिएको समाचार आएपनि त्यस्तो केही नभएको देखिएको छ । त्यो क्षेत्रलाई नै सील गर्ने गरी चर्चा चलेपछि अधिकारिक रुपमा डुमरिया वा नाथपट्टि कुनै पनि गाउँ भने सील गरिएको छैनन् ।

आज (सोमबार) अपरान्ह सम्म डुमरिया बजारको अवस्था समान्य रहेको देखिएको छ । डुमरिया चोकमा पसलहरु अन्य दिनझै सँचालनमा रहेको छ भने आम नागरिकहरुको आवतजावत भने समान्य दिनझै रहेको छ ।
प्रहरी ईन्सपेक्टर केसीका अनुसार, प्रशासनले सील गर्ने तयारी गरेपछि अहिलेसम्म सील सम्बन्धी कुनै अधिकारी आदेश वा निर्णय आफू कहाँ नआएको हो । उनले पुरुषको मृत्यू पश्चात व्यवाहारिक रुपमा यदुकूहाको प्रहरी टोली गएर केही दिनको लागि पसलहरु बन्द गरी आवतजावत नगर्न आग्रह गरेको बताएका छन् ।

उनले समुदाय स्तरमा कोरोना फैलिसकेको जनाउँदै यसबाट बच्नको लागि घर बाहिर ननिस्कन आग्रह गरेपछि खेतीपातीको समय भएकोले सर्वसाधारणहरुले बाध्यता देखाउने गरेको बताएका छन् । ईन्सपेक्टर केसीले आदेश आएलगत्तै सोही अनुरुप कदम चाल्ने बताए ।
आईतबार विहान कोरोना सँक्रमित कमला नपा ८ बस्ने ३८ बर्षिय एक पुरुषले जनकपुरको प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाएपछि मृत्यू भएको हो । उनमा कोरोना पुष्टि भएपछि सो क्षेत्रलाई लक गर्न माग उठेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…