महिनौपछि कमला नपाको हाकिममा धर्मराज लम्साल, रोकिएका प्रशासनिक र आर्थिक गतिविधि सुचारु गर्ने प्रतिबद्धता
लम्सालको आगमनसँगै लामो समयदेखि प्रभावित नगरपालिका सञ्चालन, विकास निर्माण र सेवा प्रवाहका कामले गति लिने अपेक्षा गरिएको छ ।

२०८३ मंसिर ९ बुधबार, बेलुकी ६:०५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । कमला नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उपसचिव धर्मराज लम्सालले सम्हालेका छन् ।
नगरपालिकामा उनको आगमनसँगै नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, शाखा प्रमुख, वडा सचिव तथा कर्मचारीहरूले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
स्वागत कार्यक्रममा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत लम्सालले नगरपालिकामा विगतदेखि अवरुद्ध तथा प्रभावित हुँदै आएका प्रशासनिक र आर्थिक गतिविधिहरूलाई क्रमशः सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले कर्मचारी तथा शिक्षकहरूको तलबभत्ता, ज्येष्ठ नागरिक, एकल महिला, विधवा तथा बालबालिकासम्बन्धी सामाजिक सुरक्षा भत्ता वितरणलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन् ।
त्यसैगरी, रोकिएका विकास निर्माणका कामलाई गति दिँदै नगरपालिकाका आर्थिक तथा प्रशासनिक गतिविधि प्रभावकारी बनाउने र सेवा प्रवाहमा सुधार ल्याउने उनको प्रतिबद्धता छ ।
लम्सालको आगमनसँगै लामो समयदेखि प्रभावित नगरपालिका सञ्चालन, विकास निर्माण र सेवा प्रवाहका कामले गति लिने अपेक्षा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…