जनकपुरमा 'अर्धनङगा' आन्दोलन
सो क्रममा युवाहरुले आधी कपडा फुकालेर बीच सडकमै प्रदर्शन गर्दै परिक्रमा समेत गरेका थिए ।

२०७७ साउन ११ आइतबार, बेलुकी ५:४४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चरणबद्ध रुपमा दलितहरु उपर आक्रमण सहित अन्याय भएको भन्दै न्यायको लागि दलित समुदायहरुको नेतृत्वमा जनकपुरमा अर्धनङगा (अर्धनग्न, आधी कपडा फुकालेर) प्रदर्शन गरेका छन् ।
दलित समुदायहरुको अगुवाई सयौंको सँख्यामा गाउँ गाउँबाट आएका दलित समुदायका व्यक्तिहरुले अर्धनङगा प्रदर्शन गरेका छन् । उनीहरुले शम्भु सदा र राजु सदा सहित विभिन्न ठाउँमा दलित उपर भएको अन्यायको विरोधमा अर्धनङगा प्रदर्शन गरेका छन् ।
धनुषामा केही दिन अगाडी सबैलाको ईलाका प्रहरीमा शम्भु सदा तथा उपचार नपाएर वा नियतवंश नगरेर राजु सदालाई मृत्यूको घाट उतारेको भन्दै उनीहरु न्यायको लािग प्रदर्शन गरेका छन् । सो क्रममा युवाहरुले आधी कपडा फुकालेर बीच सडकमै प्रदर्शन गर्दै परिक्रमा समेत गरेका थिए ।
राजु सदा र शम्भु सदायको मृत्यु नभई सुनुयोजित तवरले हत्या गरेको भन्दै उनीहरुले प्रदेश सरकार न्यायको लागि तथा छानबिनको लागि कुनै प्रकारको चासो नदेखाएको भन्दै अर्धनङगा प्रदर्शन गरी सरकारको ध्यानकर्षण गराउन खोजेको आन्दोलनमा सहभागी मनोज पासवानले बताए ।
सो प्रदर्शनमा पूर्व राष्ट्रियसभा सदस्य तथा जनता समाजवादी पार्टीको नेता समेत रहेका रामपृत पासवानले समेत सहभागीता जनाएका थिए । पासवान सहित दलित अगुवाहरु अर्धनङगा प्रदर्शन गर्दै विरोध जनाएका छन् ।
जनकपुरको जनकचौकबाट सुरु गरिएको प्रदर्शनमा दलितमाथिको अत्याचार बन्द गर, प्रहरी प्रशासन मुर्दाबाद, शम्भु र राजुका हत्यारालाई कारबाही गर जस्ता नारा घन्काएका थिए ।
शम्भु र राजु सदाले न्याय नपाएसम्म उनीहरुले विभिन्न चरणका आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । आइतवार अर्धनग्न जुलुस निकालेका उनीहरु साउन १३ गते थाली र सिटी जुलुससहित सिडिओ कार्यालय अगाडी धर्ना, साउन १५ गते मिरदङ्ग (ढोल) बजाउदै पोस्टर टास्दै सिडिओ कार्यालय अगाडी धर्ना दिने कार्यक्रम तय भएको मनोज पासवानले बताए ।
यसका साथै, आउँदो साउन १८ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिले अनशन बस्ने कार्यक्रम समेत तय भएको जनाएको छ ।
गत जेठ २७ गते राती शम्भु सदाको ईलाका प्रहरी सबैलाको थुनुवा कक्षको शौचालयमा शंकास्पद तवरले झुण्डिएको अबस्थामा फेला परेका थिए भने गत असार ७ गते राति प्रादेशिक अस्पतालको सेमी आइशोसेलनम कक्षमा झाडापाखालाको उपचार नपाएर छटपटाएर राजु सदाको मृत्यु भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…