लचकाबाट चिप्लिएर एक युवकको मृत्यू
लचका पार गर्ने क्रममा खुटा चिप्लिएर अचानक पानीमा नै लापता भएको थियो।

२०७७ साउन ११ आइतबार, बिहान ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा एक युवक बाँसको लचका (बाँसको पुल) पार गर्ने क्रममा चिप्लिदाँ एक युवकको ज्यान गएको छ ।
सर्लाहीको धनकौल गाउँपालिकामा बाँसको लचका पार गर्ने क्रममा खुटा चिप्लिन गई पानीमा डुबेर धनकौल गाउँपालिका वार्ड नं. ४ महिनाथपुर निवासी शंकर झा को अन्दाजी ४० बर्षिय छोरा ब्रजेश झा बेपत्ता भएका थिए ।
गत बुधवार नै गाउँबाट रामनगर गाउँपालिकाको सिसौटमा भोज खान जादै गर्दा मलघटामा बाँसको लचका पार गर्ने क्रममा खुटा चिप्लिएर अचानक पानीमा नै लापता भएको थियो।
पानीको तेज बहावमा लापता भएपछि स्थानियवासीले दुई तिन घण्टा पछि झा लाई खोजी गर्दा मृत अवस्थामा फेला परेको धनकौल गाउँपालिका वार्ड नं ४ का वडाअध्यक्ष भोगेन्द्र रायले बताए।
मृतक शवलाई प्रहरी लगाएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाहीमा पठाइएको रायले बताए। सिसौट भोज खाने क्रममा मृतक संगै गाउँका १०, १५ भन्दा बढी मानिसहरु संगै भएपनि झा चिप्लिएर पानीमा पुग्दा उद्वारका लागि कोही नगएपछि संगै भोग खान गएको मानिसहरुको लापरवाहीका कारण छोराले ज्यान गुमाउनुपरेको आफन्तले गुनासो गरेका छन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…