धनुषामा सडकमै धान रोपिएपछि...
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक पालिकाले सडक बनाउन ध्यान नदिएको भन्दै स्थानीयहरु सडकमै धान रोपेका छन् । धनुषाको हँसपुर नगरपालिका वडा नं. ८ भतही टोल स्थितका केही युवाहरुले सडकमा हिलो नै हिलो भएपछि सडकमा धानको बीउ रोपेका छन् । उनीहरुले सडक नभएर खेतजस्तै हिलो र कादो भएको भन्दै विरोध स्वरुप धान रोप

२०७७ साउन १० शनिबार, दिउँसो १२:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक पालिकाले सडक बनाउन ध्यान नदिएको भन्दै स्थानीयहरु सडकमै धान रोपेका छन् ।
धनुषाको हँसपुर नगरपालिका वडा नं. ८ भतही टोल स्थितका केही युवाहरुले सडकमा हिलो नै हिलो भएपछि सडकमा धानको बीउ रोपेका छन् । उनीहरुले सडक नभएर खेतजस्तै हिलो र कादो भएको भन्दै विरोध स्वरुप धान रोपिदिएको बताएका छन् ।
स्थानीय केही युवाहरुले स्थानीय जनप्रतिनीधिको विरोध गर्दै सडक बनाउन ध्यानाकर्षण हेतु सडकमै धान रोपेका हुन् । उनीहरुले यो सडकबाट निरन्तर र दिनहुँ हजारौ जनाको आवतजावत भएपनि जनप्रतिनीधिले सडक बनाउनेप्रति ध्यान नदिएको गुनासो पोखेका छन् ।
सडक नबाइदिँदा यहाँका स्थानीयहरुलाई समेत मोटरसाईकल, साईकल, टायर गाडा, ट्रयाक्टर सहित पैदल हिडन समेत गाह्रो भएको भन्दै विरोध जनाएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…