प्रदेश २ : बारामा गाउँ पसे जँगली बाघ, गाउँवासीमा त्रास !
उनले पनी बाघलाई नियन्त्रणमा लिने क्षमता भने नभएको बताएका छन ।

२०७७ साउन ९ शुक्रबार, बेलुकी ६:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश २ को बारामा जिल्लाको एक गाउँमा जँगली बाघ पसेपछि गाउँवासीको निन्द्रा हराम भएको छ ।
बाराको कोल्हबी नगरपालिका वडा नं. ८ मा केहीदिन अघिदेखी जंगली बाघले स्थानियलाई त्रसित बनाईरहेको छ । केहीदिन अघिमात्रै कोल्हबी ८ मा एक गाई र कुकुर मारेको घटना बाहिर आएको थियो ।
अहिले सोही बाघ गाउँमा पुन देखिएपछी स्थानिय आतंकित बनेका छन् । वडा नम्बर ८ का स्थानिय मिलन हमालका अनुसार ८ नम्बर वडाको एक निजि बिद्यालय पछाडी घना बस्तीकै बिचमा घाँस काटने महिलाहरुले बाघ देखेपछी आतंक फैलिएको हो ।
स्थानियका अनुसार बाघ सहित दुई डमरु बच्चा पनि साथमै रहेको बुझिएको छ । बाघलाई सम्बन्धित निकायले तुरुन्त नियन्त्रणमा नलिने हो भने मानविय क्षती हुन सक्ने भन्दै स्थानियले हारगुहार गरिहरेका छन् ।
यता, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले सो क्षेत्र डिभिजन वन कार्यालय बाराको भएको बताएका छन् । उनले डमरु सहितको बाघ भएको भए त्यसलाई नियन्त्रण लिन समेत नसकिने बताएका छन ।
बच्चा सहितको बाघ नियन्त्रण गर्न हामीसंग मेन पावर छैन त्यसका लागी चितवनबाट नै टोली मगाउनुपर्छ उनले भने बच्चा सहितको बाघ गाउँमा बस्दैन त्यसले उपयुक्त माहोल मिलाएर जंगल नै फर्किन्छ ।
महर्जनले बच्चा बोकेर हिंडने बाघहरु खतरनाक हुने भन्दै स्थानियलाई सतर्क रहन समेत आग्रह गरेका छन् ।यसैबिच डिभिजन वन कार्यालयका प्रमुख मन्जुर आलमले टोली छ्टिटै सो क्षेत्रमा पठाउने बताएका छन् ।
उनले पनी बाघलाई नियन्त्रणमा लिने क्षमता भने नभएको बताएका छन । त्यसरी देखिएको भए स्थानियलाई सावधानी अपनाउन आग्रह गर्ने हो । उनले भने - "हामीले निकुञ्जसंग सहकार्य गरेर त्यहाँ पुग्छौ ।"
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…