कर्मचारी र जनप्रतिनीधिको विवाद अफवाह मात्र : मेयर यादव
केही सँचारमाध्यमहरुमा मेयर र कर्मचारीबीच कुटाकुट भएको जस्ता समाचार पनि आएको थियो ।

२०७७ साउन ६ मंगलबार, राति ८:२५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवले नगरपालिकामा कर्मचारी र जनप्रतिनीधिहरुबीच भएको विवाद जस्ता समाचार अफवाह मात्र भएको बताएका छन् ।
सोमबार विभिन्न सँचारमाध्यमहरुमा आफू सहित कर्मचारीहरुको विभिन्न पद जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको भन्दै एक प्रेस विज्ञप्ति जारी गर्दै समाचारलाई खण्डन गरेका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद काफ्ले र मेयर यादवले सँयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै नियमित स्वास्थ्य जाँचको विषयलाई पनि तोडमोड गरी समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

विज्ञप्तिमा विभिन्न सँचारमाध्यमहरुमा प्रकाशित, प्रसारण भएको समाचारमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारिएको छ । सत्यतथ्यलाई भ्रामक गरी समाचार सम्प्रेषण गरेको प्रति खेद प्रकट गर्दै आगामी दिनमा सँचारप्रतिको विश्वास कायम राख्न आग्रह पनि गरेका छन् ।
सोमबार विभिन्न सँचारमाध्यमहरुमा मेयर र नगरपालिकाका केही कर्मचारीबीच चर्काचर्की हुँदा मेयर यादवलाई स्वास्थ्य अवस्था खराब भएको भन्दै समाचारहरु आएको थियो । केही सँचारमाध्यमहरुमा मेयर र कर्मचारीबीच कुटाकुट भएको जस्ता समाचार पनि आएको थियो । ती सबै समाचारलाई निराधार बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…