प्रदेश २ को बारा पनि डुबानमा
यस बर्षपनि बाढीका कारण समस्या आउन सक्ने भन्दै जिल्लाबासी त्रसित बनेका हुन् ।

२०७७ साउन ६ मंगलबार, राति ८:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । अबिरल वर्षाले बाराको प्रसौनी गाउँपालिका लगायत बिभिन्न गाउँपालिकाहरु डुबानमा परेको छ ।
डुबानका कारण सावारी साधन आवातजावत गर्ने समस्या भएको स्थानीयले बताएका छन् । बर्षाले सडक हिलाम्मे भएको सवारी चलाउन र पानी जमेकाले हिडडुल गर्ने समस्या भएको देखिएको छ ।
वर्षा नरोकिए पछि अहिले कृषकहरूले लगाएको धानबालीलाई पनि क्षति पुग्न थालेको कृषकहरूले बताएका छन् । रोपिएको धानबालीहरु पनि खेतबाट पानीको बहाब चलेपछि नष्ट भएको दुःखेसो पोखेका छन् ।
विपद ब्यवस्थापन समितिले डुबानमा परेका स्थानीयलाई राहत क्षेतिपुर्ति दिने भनेर समिति गठन गरिएको भए पनि त्यो समितिले अहिले सम्म कुन कुन ठाउँमा क्षति भएको छ भन्ने बिवरण सँकलन भईरहेको सुचना अधिकारी मनोज मिश्राले बताए ।
डुबानमा परेका ब्यक्तिहरुलाई तुरुन्त स्थान्तर गर्नेु पर्ने र तत्काल राहतको ब्यवस्थापन गर्नेु पर्ने हुन्छ तर त्यसो अहिले नभएको स्थानीयहरु बताउछन् ।
जिल्लाका केही नदीहरुमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान गरिएपछि स्थानीयवासीमा त्रास बढेको छ । ग
तवर्ष असार र साउनमा भएको लगातार बर्षापछि जिल्लाको ५० प्रतिशत भूभाग डुबानमा परेको थियो । यस बर्षपनि बाढीका कारण समस्या आउन सक्ने भन्दै जिल्लाबासी त्रसित बनेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…