जनकपुरः नदीले एक युवकलाई बगाए !
प्रशासनले नदि नजिक नजान तथा बालबालिकाहरुलाई त्यतिकै नछाडन आग्रह गरेको छ ।

२०७७ साउन ६ मंगलबार, दिउँसो १:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अबिरल बर्षासँगै आएको पानीको उच्च बहाबमा परेर एक युवक बगेका छन् । युवकलाई रातु नदीले बगाएको प्रहरीले जनाएको छ ।
महोत्तरी र धनुषाको सीमाको रुपमा रहेको रातु नदी तर्न खोजेका महोत्तरीको भँगहा नगरपालिका वडा नं. ६ सँग्रामपुर टोल बस्ने अन्दाजी बर्ष ३५ का बीरेन्द्र कापरलाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
भंगहा नगरपालिका वडा नं. १ कविलासा पछियारी टोलस्थित भगवतीपुर र कविलासाको विचमा रहेको रातु नदीमा साइकलसहित तर्न प्रयास गरेका उनलाई बेगले बगाएको हो ।
पानीले बगाए लगत्तै स्थानीय, परिवार र प्रहरी समेतको सहयोगमा खोजी भइरहेको प्रहरीले बताएको छ। यद्यपी, अहिलेसम्म युवक फेला परेको छैनन् ।
निरन्तर बर्षाका कारण तराई मधेशको विभिन्न नदीहरुमा पानीको बहाब उच्च भएको छ । बाढी आएको भन्दै प्रशासनले नदि नजिक नजान तथा बालबालिकाहरुलाई त्यतिकै नछाडन आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…