बिपि स्मृति दिवसको अवसरमा फलफूल वितरण
न्यूज ब्यूरो, सिरहा । नेता बिपि कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा अस्पतालमा फलफूल वितरण गरिएको छ । औं औ बिपि स्मृति दिवसको अबसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सिराहा द्वारा रा.उ. स्मारक अस्पताल लहानमा बिरामिहरुलाई फलफूल वितरण गरिएको हो । नेपाली काङ्ग्रेसका जिल्ला उप–सभापति बिशुन साह बनि

२०७७ साउन ६ मंगलबार, दिउँसो १:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेता बिपि कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा अस्पतालमा फलफूल वितरण गरिएको छ ।
औं औ बिपि स्मृति दिवसको अबसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सिराहा द्वारा रा.उ. स्मारक अस्पताल लहानमा बिरामिहरुलाई फलफूल वितरण गरिएको हो ।
नेपाली काङ्ग्रेसका जिल्ला उप–सभापति बिशुन साह बनियाको प्रमुख आतिथ्य एक कार्यक्रमबीच विरामीहरुलाई फलफूल प्रदान गरिएको हो । विपीको स्मृतिलाई मध्यनजर गर्दै सो फलफूल वितरण गरिएको जनाइएको छ ।
अस्पतालमा रहेको करिब १०० जना विरामीहरुलाई स्याउ, केरा, आँप, विस्कुट, जुस लगायतका समाग्रीहरु वितरण गरिएको संघ सिराहाका जिल्ला सभापति मो. मुस्ताकले बताए ।
नेपाल काङ्ग्रेस लाहानका नगर सभापति सुनिल महतो, नेबिसंघका निबर्तमान केन्द्रिय सह–महामन्त्री एवम् नेपाली कांग्रेस लहान नगर सचिब एवम् युवा नेता परमेशवर साहको विशेष उपस्थितिमा फलफूल वितरण गरिएको हो ।
यस्तै, कार्यक्रममा नेपाली कांग्रेसका युबा नेताहरू देबनाथ यादब,अब्दुल करिम खान,मनोज कोइराला ,नेबि संघ का नेता हरु सन्जिब ठाकुर,गोपाल यादब,नेविसंघ CTEVT प्रदेश नं. २ का अध्यक्ष इन्द्रजीत गोईत ,नेविसंघका कपिल साह लगाइतको उपस्थिति रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…