डुबानमा मधेश, सरकारको रबैया पुरानै
सोही खण्डमा आउने बाढीले कैयौँ जनाको ज्यान गएको छ भने कैयौं विस्थापित हुने गर्दछ ।

२०७७ साउन ५ सोमबार, बिहान १०:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अबिरल बर्षाका कारण तराई मधेशको विभिन्न जिल्लाहरु डुबानमा परेको छ । आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले तराई मधेशको विभिन्न जिल्लाका सदरमुकाम सहित ग्रामिण भेकहरु जलमग्न भएको छ ।
अबिरल बर्षाले धनुषाको सदरमुकाम जनकपुर सहित प्रदेश नं. २ को अन्य जिल्लाहरु समेत डुबानमा परेको छ । उक्त जिल्लाहरुको विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले जनकपुर सहित प्रदेशका विभिन्न जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् ।
कमला नदीमा पानीको बहाब बढेसँगै कमला आसपासका धनुषा र सिरहा जिल्लाका स्थानीयहरु पनि डुबानमा पर्ने खतरा उत्तिकै बढेको छ । जनकपुर नगरभित्रै पनि पानीको उचीत निकास नभएकोले घरहरुमा पानी पसको छ ।
धनुषाको ग्रामिण भेकमा किसानहरुले रापेको धानबाली पनि डुबानमा परेको छ । प्रदेशको विभिन्न जिल्लाहरुका किसानहरु मार्कामा परेका छन् । नदीहरुमा पानीको बहाब उच्च भएपछि खेत, खलियान, घर, गाउँ सबै डुबानमा पर्न थालेको छ ।
तर, प्रदेश सरकार र स्थानीय सरकारले पुरानै रबैया दोहरयाउने नियत देखिएको छ । बाढी पछि हुने अपूर्णिय मानवीय र भौतिक क्षतिपछि राहत दिने र सोही राहतको नाममा करोडौं रुपैयाँ भ्रष्टाचार गर्ने प्रवृतिलाई निरन्तरता दिने सँकेत देखिएको छ ।
प्रत्येक वर्ष आउने बाढीलाई मध्यनजर गर्दै दीर्घकालिन योजना नै नबनाएर माटो, गिटी हालेर जनतालाई भुलाउने गरेको छ । सोही खण्डमा आउने बाढीले कैयौँ जनाको ज्यान गएको छ भने कैयौं विस्थापित हुने गर्दछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…