कमला र कोशीमा अचानक बाढी आउन सक्ने, सतर्क रहन आग्रह
प्रदेश नं. २ को कन्काई, बागमति नदीहरुमा पानीको बहाब उच्च हुने जनाइएको छ ।

२०७७ साउन ५ सोमबार, बिहान ८:१६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । लगातार र अबिरल बर्षाका कारण तराई मधेश भएर बग्ने विभिन्न ठुला नदीहरुमा बाढी आउने सम्भावना बढेको छ ।
जल तथा मौसम पूर्वानुमान विभागको आज (सोमबार) विहान ७ बजेको बुलेटिन अनुसार धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा रहेको कमला नदीमा पनि बाढीको सम्भावना बढेको छ । नदीमा पानीको बहाब उच्च हुने पूर्वानुमान गरिएको भन्दै तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै, सप्तकोशी (कोशी) नदीमा समेत आज बहाब उच्च हुने सम्भावना रहेको भन्दै आसपासका क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । यसका साथै, प्रदेश नं. २ को कन्काई, बागमति नदीहरुमा पानीको बहाब उच्च हुने जनाइएको छ ।
राप्ती नदीका केही सहायक नदीहरुमा पानीको बहाब उच्च हुने सम्भावना बढेको भन्दै विभागले तटिय क्षेत्रहरुमा पूर्ण सतर्कता अपनाउन आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…