जनकपुरः बर्षामा रुझदै मन्त्री बिना मगरको राजीनामा माग
मेलम्चीको कार्य गुणस्तरियहिन भएकै कारण फाटक फुटेर दुई जनाको ज्यान गएको बुझिएको छ ।

२०७७ साउन ४ आइतबार, बेलुकी ५:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका युवा अगुवाहरुले खानेपानी मन्त्री बिना मगरको राजीनामा माग गरेका छन् ।
बर्षाको झरीमा रुझदै उनीहरुले मन्त्री मगरको राजीनामा माग गर्दै जनकपुरका इन्जिनीयर सतिश गोईतसँग न्याय गर्न समेत माग गरेका छन् । युथ एक्सन फोर्स जनकपुरका अध्यक्ष प्रशान्त झा र जसपाका युवा नेता किशन साह लगायत दर्जनौ युवा नेताहरुले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका छन् ।
आईतबार (आज) धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कोषहरी निरौला मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले पिडित परिवारलाई राहत देउ, घटनाको निश्पक्ष छानबिन गर नारा सहित केही बेर बर्षामा भिज्दै जुलुस समेत निकालेका थिए ।
मेलम्ची आयोजनामा मा ईन्पेक्सन गर्न पुगेका ईन्जिनीयर गोईतको पानीले बगाएर ज्यान गएको थियो । मेलम्चीको कार्य गुणस्तरियहिन भएकै कारण फाटक फुटेर दुई जनाको ज्यान गएको बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…