आगामी ३६ घण्टासम्म बाढीको उच्च जोखिम
पहिरोको जोखिम हुन सक्ने अनुमान गरिएको भन्दै सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

२०७७ साउन ३ शनिबार, राति ९:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जल तथा मौसम पूर्वानुमान विभागले आगामी २४ र ३६ घण्टाभित्र नेपाल बाढीको उच्च जोखिममा रहने जनाएको छ ।
नेपाल बाढी सूचना अनुसार राती ९ बजेको अपडेटले आगामी २४ र ३६ घण्टाभित्र साना नदिहरुमा आकस्मिक बहाबको जोखिम बढने सँकेत दिएको छ ।
विभागले मौसमको चित्र सार्वजनिक गर्दै रातो र पहेंलो भाग लागेको स्थानमा बाढीको उच्च जोखिम हुने अनुमान गरेको छ । प्रदेश नं. १ को नदीहरु सहित २ को बागमति नदी, कोशी नदी, गण्डकी प्रदेश र प्रदेश नं. ५ तथा सुदुरपश्चिम प्रदेशका साना खोलामा ३६ घण्टासम्म बाढीको उच्च जोखिम हुने बताइएको छ ।
विभागका अनुसार, पहाडी भागमा आकस्मिक बहाबको साथै पहिरोको जोखिम हुन सक्ने अनुमान गरिएको भन्दै सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…