मृतक यादवको परिवारलाई यादव सेवा समाजको आर्थिक सहयोग
उनी समयमै उपचार नपाउँदा विरामी परेको ३ दिनपछि दम तोडेका थिए ।

२०७७ साउन ३ शनिबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । समाजिक संस्था यादव सेवा समाजले सिरहामा एकजना मृतकको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
बैदेशिक रोजगारीको शिलशिलामा कत्तारमा रहेका यादव समुदायका नेपालीहरुद्धारा हालै गठित यादव सेवा समाज कत्तारले समयमै उपचार नपाएर ज्यान गुमाएका सिरहाको मिर्चैया नगरपालिका ९ रमपुराका राजदेव यादवको परिवारलाई आर्थिक सहयोग गरेको हो ।
समाजले संकलन गरेर पठाएको सहयोग राशी २५ हजार रुपैयाँ शुक्रबार संस्थाका प्रनितिधिहरुले मृतक यादवको घरमै आएर हस्तान्तरण गरेका छन् । गत महिना मात्रै अचानक विरामी परेर अन्दाजी ४५ वर्षीय राजदेवको ज्यान गएको थियो ।
आर्थिक रुपले निकै विपन्न उनी समयमै उपचार नपाउँदा विरामी परेको ३ दिनपछि दम तोडेका थिए । श्रीमतिसहित २ छोरा र २ छोरी रहेका राजदेवको परिवारलाई केहि राहत होस् भन्ने उद्देश्यले सहयोग गरेको संस्थाले जनाएको छ ।
सहयोगार्थ रकम संकलनका लागि हाल कत्तारमा रहेका मिर्चैया ७ निवासी राम यादवले पहल गरेका थिए । मृतक यादवकी श्रीमतिले यादव सेवा समाजले आर्थिक अवस्था नाजुक भएको बेला गरेको सहयोग अविस्मरणीय भएको भन्दै धन्यवाद दिइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…