अनिलका बुवाले भने–पुत्रशोक र आवेगमा 'सरोज राय र सरोज यादव' मा अलमल भयो
तर, सरोज राय र सरोज यादवमा अनिलका बुवाले नै अलमल भएर दिएको प्रतिक्रियाको आधारमा मात्र समाचार प्रकाशित गरेको थियो ।

२०७७ असार २८ आइतबार, बेलुकी ७:३५ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कतारमा मृत्यूदण्ड दिइएको महोत्तरीका (मृतक) अनिल चौधरीको बुवाले एक भिडियोमा भनेको कुरा पुत्रशोक र आवेगमा यताउता बोलाएको हुन सक्ने प्रष्टाएका छन् ।
ग्रोविँग नेपाल फाउण्डेशनका अध्यक्ष (अभियन्ता) सरोज रायले आज गरेको एक भिडियो लाईभमा अनिल चौधरीका वुवा श्याम चौधरीले सो कुरा प्रष्टयाएका छन् ।
उनले मिथिलाञ्चल एफएमका पत्रकार मुकेश दुबेले सार्वजनिक गरेको एक भिडियोमा सरोज राय र सरोज यादव नाममा तलमाथि गरेपछि सरोज राय बोलिन गएको हुन सक्ने बताएका छन् ।
अभियन्ता सरोज रायले उनलाई उनको छोरा बचाउको लागि पहल गरेको बताउँदै सरोज यादव नामक एक व्यक्तिले ६ लाख रुपैयाँको लेनदेन (लिएको वा दिएको एक मार्फत मात्र) पनि प्रष्टाएका छन् । सरोज रायले गरेको भिडियो लाईभमा उनले सरोज राय र सरोज यादवमा अलमल भएको हुन सक्ने पनि स्वीकारेका छन् ।
सरोज रायको फेसबुक लाईभ भिडियोको क्रममा उनले सरोज रायलाई नभएर सरोज यादव मार्फत छोरा बचाउको पहलकदमीकौ क्रममा रकम लेनदेन भएको पनि प्रष्टाएका छन् । उनले अघिल्लो भिडियोमा भूलवंश सरोज यादवको सट्टा सरोज राय भनेको हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।
न्यूज ब्यूरोले मिथिलाञ्चल एफएफका म्यानेजर एवम् पत्रकार मुकेश दुवेद्धारा मिथिलाञ्चल एफएमको फेसबुक पेजमा सार्वजनिक गरिएको भिडियोलाई आधार बनाएर समाचार सम्प्रेषण गरेको थियो । सो समाचारलाई लिएर अभियन्ता सरोज रायले लाईभ भिडियो मार्फत समाचारको खण्डन समेत गरेका थिए ।
आईतबार (मितिः २०७७ असार २८ गते) अनिलको घरमै गएर उनको बुवासँग गरिएको फेसबुक लाईभमा अनिल बचाउको लागि लगिएको अधिवक्ता राम छबिला यादवले सापटी स्वरुप १ लाख ५० हजार रुपैयाँ लिएको पनि बताएका छन् । उनले १ लाख ३७ हजार रुपैयाँ फिर्ता गरेपनि १३ हजार रुपैयाँ नदिएको अघिल्लो भिडियो सहित यो भिडियो पनि बताएका छन् ।
अघिल्लो समाचार : सबै पैसा खर्च भयो, तर छोरा बचाउन सकेजति पहल गरेन : अनिल चौधरीका बुवा
सरोज रायले गरेको भिडियो लाईभमा कसैले करकाप र दबाब दिएर भिडियो बनाएको प्रश्नमा उनले आफूलाई कुनै प्रकारको दबाब र करकाप नगरिएको पनि प्रष्टयाएका छन् । रायले आफूलाई लाञ्चछना लगाउने मनसायले भिडियो गरेको सन्दर्भमा अनिलका बुवाले कसैबाट दबाब नभएको ठाडो स्पष्टोक्ति दिएका छन् ।
समाचार प्रकाशन र समाचारको खण्डनको क्रममा समाजिक सँजालमा खुवै चर्चा चलेपनि लाईभ भिडियो अनुसार सरोज राय पनि आफ्नो ठाउँमा ठिक देखिएको छ भने भिडियो लिने पत्रकार मुकेश दुबे पनि ठिक देखिएका छन् । अलमलता अनिलका बुवाले मात्र गरेको देखिएको छ ।
सो क्रममा सरोज रायले समाचारमा आएको अनुसार आफू कुनै प्रकारको पैसाको लेनदेन नगरेको प्रष्टयाएका छन् । सरोज यादव नामक व्यक्तिबाट अनिल बचाउको पहलको क्रममा लेनदेन भएको अनिलका वुवाले प्रष्टाएका छन् । अघिल्लो समाचारमा अनिलको बुवाले भनेझै सरोज यादवको सट्टा सरोज राय भनेपछि समाचार पनि सोही अनुरुप प्रकाशित गरिएको थियो ।
सरोज रायलको लाईभ भिडियोपछि र समाचारको खण्डनपछि नै न्यूज ब्यूरोले समाचारमा भूलसुधार समेत गरिसकेको छ । सरोज रायसँग गरिएको भिडियो लाईभमा पनि अनिलका वुवाले कतार जाने विषयलाई लिएर त्यतिबेला शंका उत्पन्न भएको बताएका छन् ।
न्यूज ब्यूरोले पनि अघिल्लो भिडियोमा भने बमोजिम नै समाचार प्रकाशित गरेको थियो । सरोज यादवले केही रकम अनिल बचाउको लागि लेनदेन भएको बताएका थिए । तर, सरोज राय र सरोज यादवमा अनिलका बुवाले नै अलमल भएर दिएको प्रतिक्रियाको आधारमा मात्र समाचार प्रकाशित गरेको थियो ।
अभियन्ता रायले समाचार खण्डनकै क्रममा रायले न्यूज ब्यूरोका सम्पादक काशिन्द्र शर्मालाई अप्रत्यक्ष रुपमा कुटपिट गर्ने वा कुटपिट गराउने खाले अभिव्यक्ति पनि दिएका छन् । सो क्रममा उनले सम्पादक शर्मा उपर विभिन्न खाले झुठो लाञ्चछना पनि लगाएका छन् ।
उनले भिडियोमा सम्पादक शर्मालाई आफूले उमेशको नाममा चन्दा सँकलन अभियान चलाउन नदिएपछि आफू उपर जथाभावी लेखेको, आफूलाई गालीगलौज गरेको, अमेरिकासम्म गुट उपगुट भएको, कसैको उक्साहटमा समाचार सम्प्रेषण गरेको, अभियान असफल पार्न खोजेको जस्ता झुठा आरोपहरु लगाएका छन् ।
रायले भिडियोको सार्वजनिक रुपमै कुटपिट सहित नानाधरिको अपमानजनक तथ्य र झुठा आरोपहरु समेत लगाएका हुन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…