मास्क नलगाउनेमाथि कारवाही तीव्र
न्यूज ब्यूरो, बारा । बारा प्रहरीले सार्वजनिक स्थानमा निस्कँदा मास्क प्रयोग नगर्नेविरुद्ध कारवाही तिब्र बनाएको छ । ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमराका बिभिन्न स्थानबाट आज दुई सय ३६ जनालाई नियन्त्रणमा लिई कारवाही गरेको छ । उनीहरुलाई संक्रमक रोग ऐन २०२० बमोजिम जनही एक सय रुपयाँ जरिवाना गराएर छा

२०७७ असार २४ बुधबार, बिहान ९:१६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, बारा । बारा प्रहरीले सार्वजनिक स्थानमा निस्कँदा मास्क प्रयोग नगर्नेविरुद्ध कारवाही तिब्र बनाएको छ ।
ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमराका बिभिन्न स्थानबाट आज दुई सय ३६ जनालाई नियन्त्रणमा लिई कारवाही गरेको छ ।
उनीहरुलाई संक्रमक रोग ऐन २०२० बमोजिम जनही एक सय रुपयाँ जरिवाना गराएर छाडिएको कार्यालयका प्रहरी नायब निरिक्षक कलम बहादुर साहीले जानकारी दिनुभयो ।
यससँगै बारामा हालसम्म मास्क प्रयोग नगरेको भन्दै चार सय १३ जना कारवाहीमा परेका छन् । यसअघी जिल्लाका बिभिन्न स्थानबाट २० गते एक सय २८ जना, २१ गते ४७ जना र २२ गते एक सय दुई जनालाई प्रहरीले संक्रमक रोग ऐनअनुसार कारवाही गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले असार १६ गते सुचना जारी गर्दै १९ गते शनिवारदेखी यस्तो नियम लागु गर्ने जनाएको थियो ।
लकडाउन खुकुलो हुँदै जाँदा संक्रमणको जोखिम समेत बढेको निष्कर्षसहित जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम यस्तो आदेश जारी गरिएको हो ।
सोही बिचमा गृह मन्त्रालयले पनि बाहिर निस्कँदा मास्कको प्रयोग नगर्नेलाई कारवाही गर्न निर्देशन दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…