सँचारकर्मीहरुले मुख्ममन्त्री र मन्त्रीको पुतला जलाए
केही सँचारकर्मीहरुको बीचको द्धन्द्धले सँचारकर्मीहरुमै एकरुपता देखिएको छ्रैनन् ।

२०७७ असार २४ बुधबार, बिहान ८:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरुको पुतला दहन गरिएको छ । प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार विद्येयक खारेजको माग गर्दै सँचारकर्मीहरुले मुख्यमन्त्री मो. लालबाबू राउत र कानुनमन्त्री ज्ञानेन्द्र यादवको पुतला दहन गरेको हो ।
नेपालको संविधान भन्दा पनि निरंकुश रहेको भन्दै संचाकर्मीहरुले विद्येयक विरुद्ध यसअघि नै विभिन्न समयमा प्रदेश सभा अगाडी प्रर्दशन गरी विरोध जनाएका सँचारकर्मीहरुले मँगलबार मन्त्रीहरुको पुतला दहन गरेको छ ।
जनकपुरधामको भानुचोकमा मँगलबार साँक्र मुख्यमन्त्री राउत र कानुनमन्त्री यादवको पुतला दहन गरेको हो । प्रदेश २ सरकारले प्रदेशसभावाट पारित गरेको सञ्चार विद्येयक राणकालीन कठोरता अपनाएको भन्दै सँचारकर्मीहरु आन्दोलित भएका छन् ।

सँचारकर्मी विपि साहको नेतृत्वमा मुख्यमन्त्री राउत र कानुनमन्त्री यादवको तस्विरमा आगो लगाउँदै पुलता दहन गरेको हो । सञ्चारकर्मीहरुले सञ्चार विद्येयकमा १० हजार देखि २० हजार सम्म जरिवाना र सञ्चार समाग्री जफतको प्रावधान निरंकुश रहेको भन्दै निरन्तर विरोध गर्दै आएका छन् ।
विद्येयक खारेजी नगरेसम्म विभिन्न चरणको आन्दोलन जारी राख्ने सँचारकर्मी साहले जानकारी दिए । यसअघि सँचार विद्येयक पनि जलाउँदै विरोध जनाएका छन ।
सँचार विद्येयकको विरोधमा पनि राजनीतिक दल र साँगाठनिक आवद्धताका कारण पत्रकार महासँघ धनुषा शाखाका सदस्य तथा पदाधिकारीहरुले निरन्तर र दबाबमूलक विरोध जनाएका छैनन् ।
पत्रकार महासँघका पदाधिकारी, सदस्य तथा केही सँचारकर्मीहरुको बीचको द्धन्द्धले सँचारकर्मीहरुमै एकरुपता देखिएको छ्रैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…