धनुषाधाम-धारापानी सडक ५० फिट खाली
विनय कुमार यादव, जनकपुरधाम, १६ माघ । धनुषाधााम देखि धारापानी सडकखण्डमा डोजर चलाइएको छ । धनुषाधााम- धारापानी सडकखण्डमा सहजता प्रदानको लागि सार्वजनिक निर्णय बमोजिम १५ मिटर अर्थात ५० फिट चौडाईको सडक खाली गराइएको हो । सडकको केन्द्रविन्दुदेखि २५ फिटसम्म पर्ने घर हटहराहरु समेत भत्काइएको छ । धनुषाधाम नगरपा

२०७४ माघ १६ मंगलबार, दिउँसो ४:३७ बजे१ मिनेट पढाइ

विनय कुमार यादव,
जनकपुरधाम, १६ माघ ।
धनुषाधााम देखि धारापानी सडकखण्डमा डोजर चलाइएको छ ।

धनुषाधााम- धारापानी सडकखण्डमा सहजता प्रदानको लागि सार्वजनिक निर्णय बमोजिम १५ मिटर अर्थात ५० फिट चौडाईको सडक खाली गराइएको हो ।
सडकको केन्द्रविन्दुदेखि २५ फिटसम्म पर्ने घर हटहराहरु समेत भत्काइएको छ ।

धनुषाधाम नगरपालिका वडा नं. ९ मा वार्ड समितिको निर्णय बमोजिम वार्ड भित्रकै धारापानी चोक देखि कुम्रहासम्म सडक खाली गराउन लागिएको हो ।
वार्ड समितिको निर्णय अनुसार १५ दिने सार्वजनिक सुचना दिएपनि स्थानीयवासीहरुले भोगचलन गर्दै आएका सडक पेटी खाली समयभित्र नगराउँदा बाध्यताले डोजर चलाउनु परेको वडाध्यक्ष सँजीव यादवले जनाए ।

यादवका अनुसार ३ महिना अघि नै सार्वजनिक सकड पेटी खाली गर्न आव्हान सुचना मार्फत गरेपनि अटेरी गरेका कारण डोजर चलाई सडक भित्र पर्ने घर टहरा, परालको टाल, गाईवस्तुको गोठहरु हटाइएको हो ।
कालोपत्रे देखि ५ मिटर भित्रमा रहेको भौतिक निर्माणहरु भत्काइएको वडाध्यक्ष यादवले थपे ।

५० फिटको सडक भएपछि सवारी व्यवस्थापनमा सहज हुनुका साथै दुर्घटना न्यूनिकरण हुने यादवे बताए ।
यता, स्थानीयवासीहरुले आफूहरुलाई बीना जानकारीको भौतिक निर्माणहरु भत्काउन लागेको भन्दै आक्रोसित भएका छन् भने वडाध्यक्ष यादवले सार्वजनिक सुचना जारी गरिसकेको दाबी गरेका छन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…