टिएमएनसीको संयोजकमा अधिवक्ता ठाकुर
न्यूज ब्यूरो, काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् । परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् । परिषद्को प्रचारप्रसार विभागको जिम्मेवारी भन

२०७७ असार २० शनिबार, बिहान ११:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् ।
परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् ।
परिषद्को प्रचारप्रसार विभागको जिम्मेवारी भने गुरुशरण सिंह (आभाष गुरु) ले पाएका छन् । शुक्रबारको बैठकले टिएमएनसीको संगठनात्मक संरचना तीनवटा विंगमा क्रियाशील बनाउने निर्णय पनि गरेको छ ।
तीन विंगमध्ये पोलिटिकल विंग क्रियाशिल बनाउनका लागि संयोजकको भूमिकामा रहेका सीएन थारुलाई पोलिटिकल विंगमा थप जिम्मेवार बनाउने तथा बाँकी विंगको जिम्मेवारी क्रमशः बाँडफाँड गर्ने निर्णय गरिएको परिषद्ले जनाएको छ ।
तराई मधेश राष्ट्रिय परिषदको प्रथम राष्ट्रिय भेला २०७६ चैत्र २८ र २९ गतेमा गर्ने भनिएपनि कोरोना कहरका कारण हुन नसक्दा हिजो शुक्रबार कार्यालयमै बैठक (सभा) गरेर नयाँ नेतृत्व चयन गरिएको हो ।
नेतृत्व चयन सकिएसँगै आफ्नो वैचारिक धार किटान गर्ने लक्ष्यसहित तयारीमा जुटेको पनि जनाइएको छ । टिएमएनसी मधेश तथा उत्पीडनमा परेका जनताका लागि विभिन्न समयमा सक्रियता देखाउँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…