राजु सदासँग न्याय हुनैपर्छ : मेयर मण्डल
राजुसँग जसरी पनि न्याय हुनुपर्छ । हामी सदा समुदायको हरेक आन्दोलन र पाईलामा साथ छौं ।

२०७७ असार १८ बिहीबार, बिहान ७:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलले अस्पतालमा दम तोडेका राजु सदा र उनको परिवारसँग न्याय हुनैपर्ने प्रतिक्रिया दिएका छन् ।
धनुषाधामबाट प्रसारित रेडियो धनुष ९९.७ मेगाहर्जको मधेश मन्थन कार्यक्रममा उनले राजु सदायको न्यायको लागि आफू सदा समुदायसँग उभिने प्रतिवद्धता जाहेर गरे ।
कुशल उपचारको लागि आफूहरुले हँसपुरको क्वारेन्टाइनबाट प्रादेशिक अस्पताल पुरयाएको बताउँदै मेयर मण्डलले त्यहाँ अस्पतालको चरम लापरवाहीका कारण राजुको ज्यान अल्पायूमै गएको बताए ।
उनले भने, –“भिडियो र फोटो हामीले हेरेका छौं, उपचार नपाएर छटपटाएको हामीले देखेका छौं । सो अवस्थामा यदि चिकित्सक उपलब्ध भएको भए र समयमै उपचार पाएको भए आज राजू हामीबीच हुने थिए । राजु आफ्नो परिवारको आसा थिए, तर अस्पतालमा मानवता हराएको महसुस गरेको छु । राजुसँग जसरी पनि न्याय हुनुपर्छ । हामी सदा समुदायको हरेक आन्दोलन र पाईलामा साथ छौं ।”
आज (विहिबार) सदा समुदायहरुले राजूको न्यायको लागि जनकपुरको प्रादेशिक अस्पताल र सिडिओ कार्यालय घेराउ सहित न्यायको लागि दबाब दिने आन्दोलनमा ऐक्यबद्धता रहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…