नश्लिय सोंच भएको भन्दै प्रधानमन्त्री ओलीको पुतला दहन
विभिन्न पालिकाहरुबाट मेयर, उपमेयर तथा वडाध्यक्षहरुले समेत सहभागीता जनाएका थिए ।

२०७७ असार १६ मंगलबार, राति ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले आज (मँगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।
जनता समाजवादी पार्टीका कार्यकर्ता एवम युवा नेताहरुले जनकपुरको भानुचोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको छ । जसपाका किशन साह, नविन यादव लगायतका युवाहरुको अगुवाईमा प्रम ओलीको पुतला दहन गरेको हो ।
जसपाका युवा नेताहरुले नागरिकता विद्येयकको विरोधमा ओलीको पुतला दहन गरेको जसपाका किसन साहले जानकारी दिए । उनले आज दिउँसो विशाल विरोध जुलुस निकाल्नुका ासथै साँझ प्रमको पुतला समेत दहन गरिएको बताए ।

जनकपुरको भानुचोकमा प्रम ओलीको प्रतिकात्मक पुतला बनाएर जसपाका किसन साह, नविन यादव, प्रशान्त झा सहित दर्जन बढी युवाहरुको सहभागीतामा पुतला दहन गरिएको हो ।
आजको विशाल जुलुसमा प्रदेशका मन्त्रीहरुले समेत सहभागीता जनाएका थिए । सो क्रममा भूमि व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्र साह, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव लगायतका मन्त्रीहरु सहित जिल्ला अध्यक्षहरु पनि सहभागीता जनाएका थिए ।
विभिन्न पालिकाहरुबाट मेयर, उपमेयर तथा वडाध्यक्षहरुले समेत सहभागीता जनाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…