नागरिकता विद्येयक: मधेशमा नेपाली काँग्रेसको जुलस
विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै विद्ययेक खारेजको मांग गरेको हो ।

२०७७ असार १५ सोमबार, राति ८:१७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले ल्याएको नागरिकता विद्येयकको विरोध गर्दै सरकारको प्रमुख प्रतिपक्षि रहेको नेपाली काँग्रेसले तराई मधेशको विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।
सो क्रममा प्रदेश नं. २ को विभिन्न जिल्लामा पनि नेपाली काँग्रेस र भातृ सँगठनहरुले समेत सरकार विरुद्ध प्रदर्शन गरेको छ ।
आज (सोमबार) साँझ महोत्तरीमा पनि नेपाल विद्यार्थी सँघ (नेविसंघ) ले मशाल जुलुस प्रदर्शन गरेको छ । मसाल जुलुस जलेश्वरको शंकर चौक देखि शुरु भई महेन्द्र चौकसम्म गरिएको थियो ।
नेविसंघ महोत्तरी जिल्ला अध्यक्ष आशुतोष झा नवीनको अगुवाईमा र तरुण दल जिल्ला सभापति बिनय कुमार यादवको सँयुक्त अगुवाईमा वृहत मशाल जुलुस प्रदर्शन गरिएको हो ।
उनीहरुले नागरिकता विद्येयक खारेजीको माग गर्दै सरकारलाई चेतावनी दिएका हुन् । तरुण युवा एवं विद्यार्थीहरुको सहभागिता समेतमा गरिएको मशाल जुलुसमा सरकारले विभेदकारी नागरिकता विधेयक खारेज नगरे अझ कडा आन्दोलन जाने चेतावनी समेत दिइएको हो ।

नेविसंघका महोत्तरी जिल्ला अध्यक्ष आशुतोष झाको नेतृत्वमा निकालिएको वृहत मशाल जुलुसमा नेविसंघ केन्द्रिय सदस्य विजय राय, नेता निवेश मण्डल , नगर सभापति बादल कुमार साह, तरुण दलका छेदी चौधरी ,कपिलदेव रिजाल ,नेपाली काङ्ग्रेस जिल्ला सदस्य प्रवेन्द्र पाठकहरुको सहभागीता रहेको थियो ।
यस्तै, नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस धनुषाले पनि विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल सहितको सहभागितामा कांग्रेस धनुषाका नेता कार्यक्रताहरु जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालय धनुषावाट निक्लेको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै विद्ययेक खारेजको मांग गरेको हो ।
नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई ७ वर्ष पछि मात्र अंगिकृत नागरिकता दिने नेकपाको निर्णय र नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागको सो प्रस्ताव खारेज गर्न उनीहरुले माग गरेका छन् ।
प्रदर्शनमा सहभागी तरुण दल र नेविसंघका नेता कार्यकर्ताहरुले ‘नागरिकता विधेयक खारेज गर’,‘केपी ओली सरकार राजनीमा दे’, आफ्नो घर परिवार छाडेर, नातागोता तोडेर आएकी महिला दासी होइनन्, महिलामाथि गर्न लागिएको विभेद अन्त्य गर लगायतका नारावाजी गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…