रौतहटको दुई नगरपालिका शील, आवतजावत बन्द
दुई वटा वडाका अध्यक्षका साथै केही सदस्य तथा कर्मचारी गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२०७७ असार १५ सोमबार, दिउँसो १२:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ रौतहट जिल्लाको दुई स्थानीय तहलाई शील गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै शील गरेको हो ।
बढदै गएको कोराना सँक्रमितको सँख्यालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रौतहटको बौधीमाई नगरपालिका र ईश्नाथ नगरापलिकालाई शील गरिएको हो ।
कोरोनाको संक्रमणको जोखिम न्यूनिकरण गर्नको लागि दुवै नगरपालिकाभित्र आवतजावत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाएका छन् ।
आइतवारको सुरक्षा समितिको निर्णय अनुसार दुबै नगरपालिकाका नागरिकलाई बाहिर जान अथवा बाहिरका मानिसलाई उक्त नगरपालिकामा प्रवेश निषेध गरिएको छ ।
त्यसैगरी बौधीमाई नगरपालिकाका केही कर्मचारीमा समेत संक्रमण देखिएकाले नगरपालिकाको अत्यावश्यक आन्तरिक काम बाहेक नगरपालिकाको सम्पूर्ण सेवा अर्को आदेश नहुन्जेल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।
बौधीमाई नगरपालिकाको दुई वटा वडाका अध्यक्षका साथै केही सदस्य तथा कर्मचारी गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…