दुई मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यू !
न्यूज ब्यूरो, बारा । बारामा दुई मोटरसईकल एक आपसमा ठोक्किन जाँदा १ जनाको मृत्यू भएको छ । बाराको सिमरौनगढमा भारतीय नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बाराको सिमरौनगढ नगरपालिकामा बिआर ०५ एम ७९५९ र बिआर ०५ के ६१६२ नम्बरको दुई वटा भारतीय नम्बर भएको मोटरसाइकल एक आपसमा ठोक्किँदा

२०७७ असार १४ आइतबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, बारा । बारामा दुई मोटरसईकल एक आपसमा ठोक्किन जाँदा १ जनाको मृत्यू भएको छ ।
बाराको सिमरौनगढमा भारतीय नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बाराको सिमरौनगढ नगरपालिकामा बिआर ०५ एम ७९५९ र बिआर ०५ के ६१६२ नम्बरको दुई वटा भारतीय नम्बर भएको मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा बिआर ०५ एम ७९५९ नम्बरको मोटरसाईकल चालक सिम्रोनगढ नगरपालिक वडा नम्बर ७ पर्सा टोलका अफताब आलम रहेका छन् ।
घाइते आलमलाई उपचारको लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको तथा दुर्घटनामा परेका अर्का मोटरसाइकलका चालक फरार भएकोले उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सिमरौनगढका प्रहरी निरीक्षक सुरेन्द्र तमाङले जानकारी बताउनु भयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…