मेयरदेखि मन्त्रीसम्म ठेकेदारकै 'दल्ला'
सम्पादकीय । विगतदेखि नै धनुषा सहित तराईको अन्य जिल्लाहरुमा पनि अवैद्य उत्खनन कार्य अझै जारी र दिनानुदिन बढदै गएको छ । त्यसको एउटै कारण हो–दलाली (दल्ला) । प्रदेश नं. २ को धनुषा सहित विभिन्न जिल्लाहरुको खोलाबाट अवैद्य रुपमा उत्खनन गरी बाढी, पहिरो, वन विनास र भू–क्षय निम्त्याएको कुरा कसैबाट लुकेको छैनन

२०७७ असार १० बुधबार, बिहान १०:१४ बजे२ मिनेट पढाइ

सम्पादकीय । विगतदेखि नै धनुषा सहित तराईको अन्य जिल्लाहरुमा पनि अवैद्य उत्खनन कार्य अझै जारी र दिनानुदिन बढदै गएको छ । त्यसको एउटै कारण हो–दलाली (दल्ला) ।
प्रदेश नं. २ को धनुषा सहित विभिन्न जिल्लाहरुको खोलाबाट अवैद्य रुपमा उत्खनन गरी बाढी, पहिरो, वन विनास र भू–क्षय निम्त्याएको कुरा कसैबाट लुकेको छैनन् ।
तर, यी कार्यहरुमा अहिले मुलुक संघीयतामा गएपछि दुई तहको सरकारले मिलीजुली बाँडेर खानेपछि झन उत्खनन बढेको हो । धनुषाको औरही खोलामा गत पुसमा एक युवकले ज्यान दिएको कुरा त्यतिकै सेलाएर गएको छ ।

सोमबार मात्र पत्रकारहरुलाई ठेकेदारले लखेटेको र ज्यान मार्नेसम्म प्रयास गरेको छ । यसमा मेयरदेखि मन्त्रीसम्मको दलालीले गर्दा आज ठेकेदारको मनोबल उच्च भएको छ ।
धनुषाको चारनाथ खोलामा असार मसान्तदेखि उत्खनन बन्द गर्ने प्रावधान रहेपनि आधी असारसम्म उत्खनन जारी रहेपछि रिर्पोटिँग गर्न पुगेका सँचारकर्मी उपर हमलाको प्रयास गर्नु निन्दनीय हो ।
धनुषाको ओम सत्य साई कन्स्ट्रक्सनका मालिक बिजेन्द्र सिँहले बाँध बाँध्ने निहुँमा खोलामै अति गहिरो पोखरी बनाइदिएका छन् उत्खनन गरी । त्यहाँ तल्लोदेखि माथिल्लो निकायको पनि सँलग्नता र सेटिँगले सम्भव भएको हो ।
केही दिन अगाडी मात्र नेकपाका नेता मातृका प्रसाद यादव, प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव समेत गएर झुठा भाषण ठोकेर आए । वास्तवमा त्यहाँ उनीहरु अवैद्य उत्खनन रोक्नको लागि हैन की कमिशन समयमा नमिलेको कारण ठेकेदारलाई भेटमा मात्र गएको बुझाई छ ।
प्रदेशका एक मन्त्री र केन्द्र सरकार एक पूर्व मन्त्री त्यतिकै जाँदा हुन सक्ने अडकलबाजीलाई मध्यनजर गर्दै सुरक्षागार्ड र प्रहरी सहित नै जनतासँगै लिएर आफू उत्खननको विरोधमा आएको भनेर विश्वास दिलाउन खोजे, तर स्थानीयहरुले भने मन्त्री पनि आफ्नो कमिशन समयमा नपाउँदा ठेकेदारलाई कोडमा भन्न आएको सुनाए ।
यो सेटिँग कुण्डले मुण्डले देखि ठेकेदार, ईलाका प्रहरी, घुमुवा प्रहरी, जिल्ला प्रहरी, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति हुँदै प्रदेश सरकारको मन्त्रीसम्म पुग्दैन भनेर भन्न सक्ने अवस्था छैनन् ।
प्रदेशका मन्त्रीले आफ्नो अधिनमा प्रहरी प्रशासन नरहेको भनेर भाषण ठोकेर आउँछन्, जनता ताली बजाउँछन् , त्यही उभिएको ठेकेदारले सबै कुरा बुझिरहेको हुन्छन् ।
प्रदेशका एक मन्त्रीलको औकात, उसको हैसियत एक ठेकेदारले देखाइरहेका हुन्छन्, कारण मन्त्री पनि कमिशनखोर छन् । मन्त्रीले चाहे, प्रशासनले चाहे उत्खनन भइरहने कुनै तुक छैनन तर उनीहरु सबैको मनसाय र सेटिँगले चलिरहेको छ । अनि मात्र ठेकेदारले भन्छ–“मलाई कसले के गर्न सक्छ ? डिआजी ? एसपी, सिडिओ की मन्त्री ? कसले के गर्न सक्छ ? भनेर भन्छ । त्यहाँ यी निकायको हैसियत ठाडो रुपमा देखाएका छन् ।
अब प्रश्न उब्जन्छ : के सधैं पार्टीकै तलवा चाट्ने उनका भदबरिया भ्यागुते कार्यकर्ताहरु, भदबरिया युवाहरुले यसलाई रोक्ने हिम्मत राख्दछ ? युवाले चाहे सरकार खसाल्न सक्छ । तर, यीनीहरु त्यो प्रकृतिका होइनन्, यीनीहरु बाँडफाँड र कमिशन खोरी प्रकृतिका छन् जसले गर्दा बजेट आएको बेला मात्र चिच्याउने गरिन्छ । क्रमशः ....















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…