अब देशमा आगो बल्छ : नेता झा
राज्यले गैर–नागरिक सरहको व्यबहार गरेको भन्दै आपति प्रकट गरेका छन।

२०७७ असार ७ आइतबार, राति ८:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । जनता समाजवादी पार्टीका नेता रेवन्त झाले सरकारले निर्णय नसच्याए देशमा आगो बल्ने चेतावनी दिएका छन् ।
पार्टीका नेता तथा कार्यकर्ताले रौतहटको सदरमुकाम गौरमा नागरिकता बिधेयक प्रतिलिपी जलाएका छन । आइतबार बिपि चोकमा जम्मा हुँदै जसपाका नेता कार्यकर्ताले सतारुढ नेकपाले गरेको नागरिकता बिधेयक सम्बन्धी निर्णय प्रती बिरोध जनाउदै प्रतिलिपी जलाएको हो ।
बिदेशी बुहारिलाई ७ बर्ष पछि मात्रै नागरिकता दिने प्राबधानले नेपाल भारत बिचको बेटि –रोटिको सम्बन्धमा आंच आउने र मधेशीलाई प्रत्यक्ष असर पर्ने भन्दै तत्काल निर्णय सच्चायाउन माङ्ग गर्दै सरकार विरुद्ध नाराबाजी समेत गर्दै निर्णय नसच्याए आगो बल्ने चेतावनी दिएको हो ।
प्रतिलीपि जलाए पछि आयोजित कोण सभामा बोल्दै नेता झाले निर्णय फिर्ता लिइ अन्तरिम संविधानमा भएको ब्यबस्था लागू नगरिए देशमा आगो बल्ने चेतावनी दिएका छन।
“एक विदेशी चेलिले आफ्नो नागरिकता त्यागेर नेपालमा बिबाह गरेपछी सात बर्स नपुग्दै उनको श्रीमानको मृत्यु भए के कस्तो बिजोग हुने हो ?– यस बारे सबैले गम्भीर हुन आग्रह गरे ।
नेता झाले आफुहरुलाई आफ्नै देशमा पटक पटक नेपालीको प्रमाण पेश गर्नु परेको र राज्यले गैर–नागरिक सरहको व्यबहार गरेको भन्दै आपति प्रकट गरेका छन।
“सतारुढ नेकपाले मधेशप्रती चरम विभेद गरिरहेको आरोप लगाए । सबैलाई थाह छ चीन बिश्वमा कोरोना फैलिएको हो तर कोरोनाको बाहाना गर्दै भारतिय नाका बन्द छ तर चीनको नाका खुल्ला छ यसबाट के प्रष्ट हुने हो ?– नेता झाले प्रश्न गरे ।
तत्कालीन माओवादी जनयुद्ध कालमा मधेस कै माओवादी नेता मातृका यादब ,प्रभु साह र सत्यनारायण भगतले मधेसी युवालाइ मधेसको हक अधिकार सुन्निश्चित गर्न युद्धमा प्रयोग गरेको तर अहिले मधेस र मधेसी प्रती यत्रो अन्याय र अत्याचार हुँदा चुप लागेर बसेको आरोप लगाए ।
नागरिकता सम्बन्धि बिधेयक सम्पुर्ण मधेशीको लागि घातक र अन्यायपुर्ण कदम रहेको भन्दै मधेसी नेता जुन पार्टीमा भएपनि आफ्नो पार्टी र पेशाबाट माथी उठेर आ आफ्नो ठाउँबाट आवाज उठाउन आग्रह गरे।
यति मात्रै होइन सतारुढले दुई तिहाइको दम्भ देखाएर सान्सद प्रतीनिधित्व र बजेट बाड् फाडमा क्षेत्रफलको बखेडा देखाइ सदियौ देखि मधेस र मधेसीसङग पक्षपात गरिरहेको आरोप लगाए ।
बिरोध प्रदर्शनको क्रममा गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता,देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल,गौर नगरपालिकाका उप प्रमुख किरण ठाकुर, गौर नपा प्रवक्ता शेख जम्शेद ,वडा अध्यक्ष राकेश झा लगयातका विभिन्न पेशाकर्मीहरुको उपस्थिती रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…