शम्भु सदा हत्याराको माग सहित नेविसंघको प्रदर्शन
टनाको निष्पक्ष छानबिन गर्न को लागि महोत्तरी ने.बि. संघ जिल्लाध्यक्ष झाले माग गरेका हुन् ।

२०७७ जेठ ३१ शनिबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । गत मँगलबार धनुषाको सबैलाको ईलाका प्रहरी कार्यालय सबैलाकै हिरासतभित्र एक दलित युवकको हत्या गरिएको भन्दै कारवाहीको लागि दबाब स्वरुप नेपाल विद्यार्थी सँघले जुलुस प्रदर्शन गरेको छ ।
हत्या भएको ५ दिन विति सक्दा पनि मृतक सदाको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको तथा पोष्टमार्टम नगरिएको भन्दै निष्पक्ष छानबिनको लागि दबाब दिएका हुन् ।
महोत्तरीको जलेश्वरमा नेविसंघका महोत्तरी अध्यक्ष आशुतोष झा नविनको अगुवाईमा निकालिएको जुलसमा दोषीलाई कारवाहीको माग गरिएको हो । दर्जनौको सँख्यामा सहभागी विद्यार्थी तथा युवाहरुले शम्भु सदाको हत्यामा सँलग्नहरुको यथाशिघ्र कारवाही हुनुपर्न नारा लगाउँदै जुलुस प्रदर्शन गरेको थियो ।
घटनाको निष्पक्ष छानबिन गर्न को लागि महोत्तरी ने.बि. संघ जिल्लाध्यक्ष झाले माग गरेका हुन् ।
“दलितको पहुँच कम छ,यसको मतलब यो होइनन् कि त्यसको ज्यान लिइदिने,त्यस माथी शोषण गर्ने।सम्भु सदाले न्याय पाउनैपर्छ । हामी दलित समुदायसँग साथ छौं” ।
नेविसंघ महोत्तरीले जलेश्वरको शंकर चौकबाट विरोध जुलुस गर्दै महेन्द्र चौकमा पुगी केही बेर सडकमै बसेर धर्ना समेत दिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…