करेन्ट लागेर बालिकाको मृत्यू
पोस्टमाटम पछि मृतक बालिकाको शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

२०७७ जेठ २९ बिहीबार, बेलुकी ७:३१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । करेन्ट लागेर एक बालिकाको आज मृत्यू भएको छ ।
प्रदेश नं. २ को सलार्हीमा करेन्ट लागेर एक बालिकाको मृत्यू भएको हो । मृत्यू हुनेमा सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका वडा नं. ७ बसतपुर बस्ने रविन्द्र राय यादबको छोरी अंदाजी बर्ष ९ की मौसम कुमारी यादब रहेको छ।
आफ्नै घरको बिजुलीको बोर्डमा पंखाको तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भीर घाईते भएको बालिकाको उपचारको लागी लालबन्दी लैजादै गरेको अवस्थामा बाटोमा नै मृत्यु भईपछि घरमै फर्काइएको थियो।
बालिकाको करेन्ट लागेर मृत्यू भएको खबर प्राप्त हुन साथ स्थानिय प्रहरीको एक टोली मृतक बालिकाको शवलाई नियन्त्रणमा पोस्टमाटमका लागि जिल्ला अस्पताल सलार्हीमा पठाईएको छ।
पोस्टमाटम पछि मृतक बालिकाको शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…