डिस्चार्ज हुनेलाई मेयर मण्डलको अनुरोध–“परिवारमाथि कृपा गरी घरमै बस्नुहोला”
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाको क्वारेन्टाइनबाट डिस्चार्ज भएकाहरुलाई मेयर बालेश्वर मण्डलले हात जोडी घरमै बस्न आग्रह गरेका छन् । विश्व महमारीको रुपमा फैलिएको कोरोना भाइरस सँक्रमणबाट परिवार र समाजलाई जोगाउनको लागि डिस्चार्ज भएपनि कम्तीमा १४ दिनसम्म घरमै बस्न मेयर मण्डलले हात जोड

२०७७ जेठ २६ सोमबार, बिहान ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाको क्वारेन्टाइनबाट डिस्चार्ज भएकाहरुलाई मेयर बालेश्वर मण्डलले हात जोडी घरमै बस्न आग्रह गरेका छन् ।
विश्व महमारीको रुपमा फैलिएको कोरोना भाइरस सँक्रमणबाट परिवार र समाजलाई जोगाउनको लागि डिस्चार्ज भएपनि कम्तीमा १४ दिनसम्म घरमै बस्न मेयर मण्डलले हात जोडेका हुन् ।
छिमेकी मूलुक भारतबाट आएका नागरिकहरुलाई १४ दिनपछि आरडीटी परीक्षण पश्चात नेगेटिभ परिणाम आएकाहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको हो ।
धनुषाधाम नगरपालिकाको २ स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा १ जनाको आरडीटी पोजिटिभ देखिएको छ भने ९८ जनालाई नेगेटिभ आएपछि घर फर्काइएको हो ।
९८ जनाको रिपोर्ट एन्टीबडी नेगेटिभ आयो, यसका साथै उनीहरुले प्रयोग गर्ने ओछयान, कपडा, खाना खाने थाली सहित उनीहरुलाई नै जिम्मा लगाएर होम क्वारेन्टाइन बस्ने शर्तमा घर पठाइएको छ ।– प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…