प्रदेश २ को मन्त्रालयमा अख्तियारको छापा अफवाह मात्र : अख्तियार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को समाजिक विकास मन्त्रालयमा अख्तियारले छापा हानेको समाचारलाई अफवाह बताइएको छ । यसको अधिकारिक पुष्टि भने भएको छैनन् । प्रदेश सरकारको सामजिक विकास मन्त्रालयद्धारा आपूर्ति महाशाखाले खरीद गरेको स्वास्थ्य सुरक्षा सामाग्री खरीदमा अनियमितता भएको भन्दै अख्तियारले छाप

२०७७ जेठ २५ आइतबार, दिउँसो ३:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को समाजिक विकास मन्त्रालयमा अख्तियारले छापा हानेको समाचारलाई अफवाह बताइएको छ । यसको अधिकारिक पुष्टि भने भएको छैनन् ।
प्रदेश सरकारको सामजिक विकास मन्त्रालयद्धारा आपूर्ति महाशाखाले खरीद गरेको स्वास्थ्य सुरक्षा सामाग्री खरीदमा अनियमितता भएको भन्दै अख्तियारले छापा हानेको जनाइएपनि यसलाई अफवाह बताइएको छ ।
फाईलहरु अस्ति नै लगिएको भनेर समाचारहरु आएपछि यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले अनभिज्ञता जनाएको छ ।
अख्तियारका एसपीले न्यूज ब्यूरोको जिज्ञासामा मन्त्रालयमा छापा बारे आफूहरुलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
यद्यपी, विभिन्न सँचारमाध्यमहरुमा समाजिक विकास मन्त्रालयमाा छापा हानिएको समाचारहरु प्रकाशन प्रकाशित भएपनि अख्तियार बर्दिवासका अधिकारीले सो कुरा स्वीकारका छैनन् ।
यसअघिको समाचारमा भूलचूक हुन गएकोप्रति क्षमा प्रार्थी छौं । - Editor
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…