“मैले फाइल साइन गरेको छैन, मन्त्री शैलेन्द्र साह फँस्छ”- कृषि राज्यमन्त्री यादव
भ्रष्टाचार छानबिन गर्न आफ्नो अधिकारीक फेसबुक पेज मार्फत लेखेपछि विवाद चुलिएको हो ।

२०७७ जेठ २५ आइतबार, बिहान ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव र नेकपाका नेता प्रभु साहबीच यतिबेला विवाद चर्किएको छ ।
सोही क्रममा राज्यमन्त्री यादवले एक फाईल सदरको सन्दर्भमा कुरा गर्दै गरेको अडियोमा अन्तिम फाईल सदर मन्त्रीले नै गर्ने भएकोले भ्रष्टाचार सम्बन्धमा भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साह फँस्ने बताएका छन् ।
एक अडियो रेकर्डिङगमा राज्यमन्त्री यादवले नेकपामा प्रदेश २ अध्यक्ष प्रभू साहले कृषि मन्त्रालय उपर भ्रष्टाचारको छानबिन माग गरेको भन्दै सो सन्दर्भमा अन्तिम फाईल सदर गर्ने मन्त्रीको हात रहेकोले मन्त्री नै फँस्ने प्रतिक्रिया दिएको सुनिएको छ ।
न्यूज ब्यूरोसँग सुरक्षित त्यो अडियोमा भनिएको छ–“ मन्त्रालयमे अगर कुछो हुवा न तो, अन्तिम फाईल तो मन्त्री सदर करते है, सिग्नेचर तो मन्त्रीका होता है, ईससे हमको क्या फरक पडेगा, जाने शैलेन्द्र साह, हम तो वो फाईले नही सिग्नेचर किये है, बाते खतम ।”
नेकपाका नेता प्रभू साहले प्रदेश नं. २ को कृषि मन्त्रालयमा किसानको नाममा चरम भ्रष्टाचार भएको भन्दै भ्रष्टाचार छानबिन गर्न आफ्नो अधिकारीक फेसबुक पेज मार्फत लेखेपछि विवाद चुलिएको हो ।
(अडियो फाईल न्यूज ब्यूरोसँग सुरक्षित रहेको छ, गोपनीयताको हिसाबले गोप्य राखिएको छ । )
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…