राज्यमन्त्री रायले भ्रष्टाचारमै तहल्का मच्चाए : युवा नेता साह
कडा कारवाही गर्न नेपाल सरकार सहित अन्य सरकारलाई आग्रह समेत गरिएको छ ।

२०७७ जेठ २४ शनिबार, राति ९:५६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले भ्रष्टाचार क्षेत्रमा तहल्का मच्चाएको बताइएको छ ।
नेकपा समर्थित युवा नेता चन्द्रभूषण साहले कृषि राज्य मन्त्री रायले आफु र आफ्नो नेतृत्वमा रहेको मन्त्रालयले निरन्तर एकपछि अर्को चरम भ्रष्टाचार एवं ब्रह्मलुट मचाऊदै आएको आरोप लगाएका छन् ।
एक डिजिटल प्रेस विज्ञप्ति जारी गर्दै साहले –“पछिल्लो समय आम जनतामा छर्लङ्ग हुदै गएको पिडा सहन गर्न नसकि पूर्वाग्रही, कपोकल्पित, राजनीतिक संस्कार विहीन एवं पदीय गरिमाको समेत खिल्ली उडाउदै गैरजिम्मेवारीपूर्ण ढंगबाट निकालेको प्रेस(विज्ञप्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।” भनेर उल्लेख गरेका छन् ।
नेकपा प्रदेश नं. २ का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहप्रति लगाईएका आरोपहरु तथ्य एवं आधारहीन रहेको बताउँदै सोको आलोचना, खण्डन एवं प्रतिकार जनस्तरबाट नै समाजिक सञ्जाल लगायत चोतर्फी भैरहेको बताएका छन् ।
राज्यमन्त्री रायले ले आफ्नो सस्तो लोकप्रियताका लागी भूगोल र जनतामा लोकप्रिय रहेको नेता साह उपर चरित्र हत्या गर्ने अभिप्रायले ल्याएको प्रेस विज्ञप्ति उपर भत्सर्ना समेत गरेको छ ।
“राज्यमन्त्रीमा थोरै पनि हिम्मत, ईमान्दारीता र कर्तव्यबोध छ भने, मा. प्रभु साहले गरे जस्तै नियमित रुपमा जनताका बिच समाजिक परिक्षण (सोसियल अडिट) मार्फत पार्दर्शिता एवं जनउतरदायित्व वहन गर्न तथा कम्तिमा स्वयं आफु र आफ्नो कृषि मन्त्रालय मार्फत हुदै आएको कामकार्वाहीहरुको हिसाब(किताब आम जनता समक्ष सार्वजनिक गर्न खुला चुनौती दिन चाहन्छु ।”– विज्ञप्तिमा उल्लेख छ ।
श्रमवीर किसानहरुको लागी समयमैं आवश्यक मात्रामा उच्च गुणस्तरका विउ , वीजन, मल , खाधहरूको सहज एवं सुलभ उपलब्धताको ग्यारेन्टी, कृषि बालिनालीका लागी आवश्यक बजार व्यवस्थापन तथा शीत भण्डारण, कृषिमा वैज्ञानिक आधुनिकीकरणको मद्दतले निर्वाहमुखी कृषिलाई व्यवसायमुखी बनाउन ठोस कार्ययोजना सहितको कार्यान्वयन जस्ता आफ्ना आधारभूत काम, कर्तव्य एवं जिम्मेवारीबाट विमुख भई कहिले कृषि पम्पिंग सेट खरीदमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
यसका साथै, कृषि अध्ययन केन्द्र मार्फत, यी र यस्ता अनगिनत अनियमितता तथा भ्रष्टाचारमा निरन्तर संगलग्न देखिएका राज्यमन्त्री योगेन्द्र यादव लगायतका मन्त्रीहरुलाई तत्काल सत्य–तथ्य निष्पक्ष छानबीनका लागी माग समेत गरिएको छ ।
राज्यमन्त्री रायलाई पदबाट बर्खास्त गरी कानून बमोजिम कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार सहित अन्य सरकारलाई आग्रह समेत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…